बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

संविधानको पालना नगरे देशमा भद्रगोल हुन्छ : माधव नेपाल

आइतबार, ११ पुस २०७८, १८ : ००
आइतबार, ११ पुस २०७८

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधानको पालना नगर्दा देशमा भद्रगोल हुने बताएका छन् ।

आइतबार नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन समारोहलाई महाधिवेशन सफलताको शुभकामना दिदै पुर्व प्रधानमन्त्री समत रहेका नेता नेपालले नेपालको इतिहास अघि बढिसकेकाले अव पछाडि फर्कन नसक्ने पनि बताए । ‘एउटा कुरा के प्रस्ट छ भने नेपालको इतिहास अघि बढिसकेको, छ अव यो पछाडि फर्कन सकिँदैन । राजनीतिक क्रान्तिको काम हामीले सम्पन्न गरिसकेका छौ । राजतन्त्र ढालेका छौ, संघीयता प्राप्त गरेर संविधान निर्माण गरेका छौ’अध्यक्ष नेपालको भनाइ छ ।

विभिन्न राजनीतिक दलका आआफ्ना मान्यता र विचार हुनसक्ने भएपनि मुल कुरामा सहमति भए बाँकी कुरालाई थाती राख्न सकिने अध्यक्ष नेपालको भनाइ छ । त्यस्तै उनले देश चलाउन संविधान चाहिने र त्यो संविधानबाट राजनीतिक पार्टी, नेता कार्यकर्ता र सवै मानिस बाँधिन सक्नुपर्ने नेपालको भनाइ छ । ‘पार्टी चलाउनका लागि विधि चाहिन्छ, विधि विधानको पालना भएन भने पार्टीले पार्टीको रुपमा काम गर्न सक्दैन । देश चलाउनका लागि संविधान चाहिन्छ,संविधानको पालना गरिएन भने देशमा भद्रगोल हुन्छ । त्यसो भएकाले हामी बाँधिनुपर्छ विधिबाट’, नेता नेपालले भने, ‘जुनसुकै तहका नेता कार्यकर्ता र शीर्ष व्यक्तित्वदेखि साधारण सवै मानिस विधिविधानमा बाँधियो भने देश अघि बढ्दछ ।’ उनले एउटा विद्धानले किताबमा लेखेको कुरा स्मरण गर्दै देश असफल हुन्छ भन्ने प्रसंग कोट्याए । ‘एउटा विद्वान मानिसले एउटा किताब लेख्नुभएको छ । किन देशहरु असफल हुन्छन् ? यसको कारण के हो भने मानिसहरु, नेताहरु र पार्टीहरू विधिविधान र बाँधिन चाहादैनन्’, अध्यक्ष नेपालको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप