आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

माओवादी जनयुद्ध र मधेस जनविद्रोह नभएको भए गणतन्त्र आउने थिएन : उपेन्द्र यादव

आइतबार, ११ पुस २०७८, १७ : ०९
आइतबार, ११ पुस २०७८

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेस जनविद्रोह नभएको भए मुलुकमा गणतन्त्र आउने थिएन भन्ने टिप्पणी गरेका छन् ।  नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले गणतन्त्र आए पनि जनयुद्ध र जनविद्रोहका कतिपय एजेण्डा अझै पूरा हुन बाँकी रहेको बताए । 

उनले भने, ‘संघीयता, समावेशीता, धर्मनिरपेक्षता, गणतन्त्र जस्ता महत्त्वपूर्ण उपलब्धि कतै धरापमा पर्ने हो कि भन्ने आशंका उत्पन्न भएको छ ।’ विगतका प्रधानमन्त्रीले गरेका गल्तीलाई गनेर मात्र समस्या समाधान हुँदैन, विगतका गल्तीलाई सच्याउने र सुधार्ने काम गर्नुपर्नेमा उनले जोड दिए ।

संविधान जारी हुँदा देशको आधा जनसंख्याले बत्ती निभाएको स्मरण गराउँदै उनले ती जनसमुदायको भावनालाई समेत समेटेर जनताको संविधानका रुपमा यो संविधानलाई रुपान्तरित गर्न संविधान परिमार्जन गर्न आवश्यक रहेको बताए ।
उनले संसदलाई अवरुद्ध गरेर केही उपलब्धि नहुने दाबीसमेत गरे । उनले भने, ‘मुलुकको हितमा नयाँ ढंगले सोचेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न लागौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप