सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

२१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक

आइतबार, ११ पुस २०७८, १७ : ०७
आइतबार, ११ पुस २०७८

नेपाल राष्ट्र बैंकले आगामी मंगलबार २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै ९१, १८२ र ३६४ दिनका लागि तीन वर्गमा कुल २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागिएको जानकारी दिएको हो । 

बैंकको सूचना अनुसार ९१ दिनका लागि ९ अर्ब १० करोड, १८२ दिनका लागि १० अर्ब र ३६४ अर्थात् एक वर्षका लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागिएको हो ।
उक्त ट्रेजरी बिल आगामी मंगलबार अर्थात् पुस १३ सार्वजनिक हुनेछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप