बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टूटूको निधन

आइतबार, ११ पुस २०७८, १७ : ०५
आइतबार, ११ पुस २०७८

दक्षिण अफ्रिकामा रङ्गभेदलाई अन्त्य गर्न प्रमुख भूमिका खेलेका नोबेल शान्ति पुरस्कार विजेता पादरी डेसमन्ड टूटूको ९० वर्षको उमेरमा निधन भएको छ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफोसाले टूटूको निधन प्रति दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति रामफोसाले टूटूलाई एक प्रतिष्ठित आध्यात्मिक नेता, रङ्गभेद विरोधी कार्यकर्ता र मानव अधिकारका वैश्विक प्रचारकको संज्ञा दिएका छन् । उनले टूटूलाई बेजोड देशभक्त, सैद्धान्तिक र व्यवहारिक नेता भएको बताएका छन् । केही हप्ताअघिमात्र रङ्गभेद शासनका अन्तिम राष्ट्रपति रहेका एफडब्ल्यू डी क्लार्कको निधन भएको थियो ।

टूटू विश्वभर रङ्गभेद विरोधको प्रतीक रहेका नेल्सन मन्डेलाका समकालीन थिए । उनी नस्लमा आधारित भेदभाव र अलगावको नीति अन्त्य गर्ने आन्दोलनका पछाडिका मुख्य प्रेरक शक्तिमा सामेल थिए । दक्षिण अफ्रिकाको अन्तरात्मा भनिने टूटू सन् १९४८ देखि १९९१ सम्म देशका अल्पसङ्ख्यक श्वेतहरुको शासन रहेका बेला मुखर आवाज थिए । रङ्गभेदी व्यवस्था अन्त्य गर्नका लागि उनको संघर्षलाई सम्मान गर्दै सन् १९८४ मा उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप