गण्डकीमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा २१८ जनामा गरिएको नमूना परीक्षणमा २३ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ९ महिला र १४ पुरुष रहेका छन् । प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।
शर्माका अनुसार कास्की १७, बागलुङ २, स्याङजा २, म्याग्दी १ र नवलपरासी पूर्व १ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८८ हजार ३६३ पुगेको छ ।
गण्डकी प्रदेशमा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा पोखरा महानगरपालिका–३२ का ७५ बर्षिय पुरुष रहेका छन । उनको उपचारका क्रममा संक्रमण तथा सरुवा रोग अस्पताल पोखरामा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४२६ पुगेको छ ।
प्रदेशमा पछिल्लो चौबिस घण्टामा ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार ८११ पुगेको छ भने होम आइसोलेसनमा १११ जना रहेका छन् । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १२६ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढी हाफ म्याराथनको उपाधि सेनाका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
-
१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?