आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

संविधानमा सबैथोक छ तर केही पनि छैन : अनिल झा

आइतबार, ११ पुस २०७८, १६ : ५१
आइतबार, ११ पुस २०७८

लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झाले वर्तमान संविधानमा सबैथोक छ तर केही पनि नरहेको जस्तो देखिएको बताएका छन् ।  नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले भने, ‘जहाँ सबैथोक हुन्छ, त्यहाँ केही पनि हुँदैन ।’

उनले संघीयता आए पनि कस्तो संघीयता आयो भन्ने अझै थाहा हुन नसकेको बताए ।  आफूहरुले संविधानका विरुद्ध मधेस आन्दोलन गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राप्त उपलब्धिको रक्षा गरौं भन्ने गरेको उल्लेख गर्दै झाले अगाडि भने, ‘संविधान बनेको ५ वर्ष भइसक्यो तर त्यही एजेण्डाको विषयमा छलफल भएन जसका लागि तपाईहरुले जनयुद्ध गर्नुभयो र हामीले शान्तिपूर्ण आन्दोलन गर्यौं ।’

संघीयता र समावेशीता अझै पूर्ण नभएको भन्दै त्यसलाई पूर्ण बनाउन माओवादी केन्द्रले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने खाँचो औंल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप