आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

प्रतिगमनलाई परास्त गर्न दलहरुबीच सहकार्यको खाँचो छ : राष्ट्रिय जनमोर्चा

आइतबार, ११ पुस २०७८, १६ : ४२
आइतबार, ११ पुस २०७८

राष्ट्रिय जनमोर्चाको उपाध्यक्ष दुर्गा पोखरेलले प्रतिगमनको खतरा कायमै रहेको जनाउँदै त्यसलाई परास्त गर्न दलहरुबीच सहकार्यको खाँचो रहेको जनाएकी छन् । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले वैदेशिक हस्तक्षेपविरुद्ध पनि दलहरु एकजुट हुनुपर्ने खाँचो औंल्याइन् ।

उनले गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षतामाथि चौतर्फी हमला भएको भन्दै हरेक पार्टीको बीचमा थुप्रै मतभेद भए पनि त्यसको बीचबाट एकताको बाटो पहिल्याएर तमाम चुनौती सामना गर्नुपर्नेमा जोड दिइन् ।  उनले भनिन्, ‘हामीबीच राजनीतिक विवाद छन्, राष्ट्रियताका सामु दलीय फाइदा हेर्ने होइन । राष्ट्रियतालाई माथि राखेर सोच्दा राष्ट्रियताको सवालमा एक भएर दुरदर्शिताका आधारमा अघि बढ्न जरुरी छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप