ज्येष्ठ नागरिकहरुलाई सम्मानित व्यवहार गरौँः राष्ट्रपति
सरकारले प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ । आइतवार राष्ट्रपति भवन शीतलनिवासमा ज्येष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको शुभारम्भ गरेकी हुन् । उनले नयाँ र पुरानो पुस्ताबीच पर्याप्त संवादको अभावमा आजभोलि परिवार र समाजमा विभिन्न समस्याहरु उत्पन्न भइरहेको बताइन् ।
राष्ट्रपति भण्डारीले कतिपय ज्येष्ठ नागरिकहरुले अवहेलना र दुर्व्यवहार व्यहोर्नुपरेको भन्दै ज्येष्ठ नागरिकहरुलाई आघात पु¥याउने यसप्रकारका प्रवृत्तिहरूलाई निरुत्साहित गरी सभ्य समाज निर्माणमा क्रियाशील हुन आह्वान गरिन् । उनले नेपाल सरकारले ज्येष्ठ नागरिकका लागि मासिक, सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक क्षेत्रका विभिन्न सेवामा छुट, सहुलियत र सुविधाको व्यवस्था गरेको र कानूनी र नीतिगत प्रावधानहरुको प्रभावकारी कार्यान्वयनको माध्यमबाट ज्येष्ठ नागरिकप्रति सम्मानित व्यवहार प्रदान हुने बताइन् ।
कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले सरकारले पहिलोपल्ट ज्येष्ठ नागरिकहरुको सम्मान गरेकोमा खुशी प्रकट गर्दै यो नेपालको इतिहासमा स्वर्ण अक्षरले लेखिने दिनको रुपमा स्मरण गरिने बताए । उनले नेपाल सानो मुलुक भएपनि यहाँको परम्परा परिस्थिती, धर्म सँस्कृतिलाई सुहाउने गरेर ज्येष्ठ नागरिकहरुलाई गरिएको सम्मान नेपालको इतिहासलाई धन्य बनाएको बताए ।
शताब्दी पुरुष जोशीले जीवनलाई सादा जीवन उच्च विचार र सन्तोषमय बनाउनु पर्ने बताए । जीवनलाई सत्यमशिवम बनाउने काम आफ्नै हातमा रहेको भन्दै उनले आफूले आफैँलाई चिनेर काम गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : इन्टरको शीर्षता कायमै, बार्सिलोनाले उछिन्न सक्ने
-
च्याम्पियन्स लिगमा आर्सनलको अघिल्लो यात्रा सहज
-
फेयेनुर्डले अंक खोस्दा पेप ग्वार्डिवलाको म्यान्सिटीलाई कष्ट
-
लेवान्डोस्की चम्किएपछि बार्सिलोनाले उठायो घरेलु मैदानको फाइदा
-
च्याम्पियन्स लिगमा एटलेटिको मड्रिडको गोल वर्षा
-
गाउँ रित्तिने चिन्ताले झन् केश पाक्दै