आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

खाडीमा नेपाली युवा १०० डिग्री भन्दा बढी तातोमा पसिना चुहाउँछन् : राप्रपा महामन्त्री

आइतबार, ११ पुस २०७८, १६ : ३२
आइतबार, ११ पुस २०७८

राप्रपा महामन्त्री कुन्ती कुमारी शाहीले नेपाली युवाले खाडी मुलुकमा १०० डिग्रीभन्दा तातोमा पसिना बगाउन बाध्य रहेको बताएकी छन् । नेकपा माओवादी केन्द्रको आठ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । 

‘यो मुलुकका लाखौँ युवाहरु विदेशमा रोजगारीका नाममा खाडी मुलुकमा १०० डिग्री भन्दा बढी तातो भूमिमा आफ्ना पसिना चुहाएर विदेशी भूमिलाई सिञ्चित गरिरहेका छन् ।  युवालाई देश बनाउनका लागि अब प्रयोग गर्ने कि नगर्ने भन्ने प्रश्न यहीँ छ ।’ उनले सम्बोधनका क्रममा भनिन् । 

उनी यतिमा मात्रै चिप्लिइनन् एमालेका महासचिव शंकर पोखरेललाई पनि ईश्वर पोखरेल भनेर सम्बोधन गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप