आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सीपी मैनालीको प्रश्न– राष्ट्रिय जनक्रान्ति गर्ने बाटो कुन हो ?

आइतबार, ११ पुस २०७८, १६ : २८
आइतबार, ११ पुस २०७८

नेकपा मालेका महासचिव सीपी मैनाली राष्ट्रिय जनक्रान्ति गर्ने नेपाली मौलिक बाटो कुन हो भनेर नेकपा माओवादी केन्द्रलाई प्रश्न गरेका छन् । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै मैनालीले पटक पटक व्यवस्था बदलियौं तर अवस्था बदलिन सकेन भनेर जनताले भन्ने गरेको प्रसंग उल्लेख गरे ।

उनले भने, ‘इतिहासले विगतका हाम्रा आन्दोलनलाई जनताको अधिकार प्राप्तिको नाममा हुने गरेको प्रयोगशालामा मात्र सीमित गरिदिने त होइन ?’  जनताको अधिकार जति बढाएजस्तो लागे पनि हामीलाई किन बाह्य हस्तक्षेप झन् झन् बढेजस्तो लागिरहेको छ भन्ने प्रश्नसमेत उनले गरे । 

उनले कम्युनिस्ट आन्दोलनका विविध पक्षका विवरण प्रस्तुत गर्नुभन्दा यस्ता प्रश्नको जवाफ खोज्दै महाधिवेशन सफल रुपमा सम्पन्न होस् भन्ने कामनासमेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप