शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी महाधिवेशनमा एमाले महासचिव शंकर पोखरेल सहभागी

आइतबार, ११ पुस २०७८, १६ : ०२
आइतबार, ११ पुस २०७८

नेकपा माओवादी केन्द्रको आठौं अधिवेशनमा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल प्रज्ञा भवन पुगेका छन् । काठमाडौंको प्रज्ञा भवनमा आइतबारको उद्घाटन सत्रमा महाधिवेशनको सफलताको शुभकामना दिन उनी सहभागी भएका हुन् । 

सो कार्यक्रममा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्ती शाही, नेकपा क्रान्तिकारी माओवादीका सिपी गजुरेललगायतका नेताहरू महाधिवेशनस्थल प्रज्ञा भवनमा छन् । 

आइतबारबाट सुरु भएको महाधिवेशन बिहीबारसम्म चल्ने माओवादीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप