थप २१९ जनामा कोरोनाभाइरस पुष्टि, २४ घण्टामा ७६ हजारले लगाए खोप
आइतबार, ११ पुस २०७८, १५ : ५३
पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २८३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ९ हजार ६७७ वटा नमुना परीक्षण भएको छ । मन्त्रालयले बितेको २४ घण्टामा २ जनाको मृत्यु भएको पनि जनाएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २७ हजार हजार २७१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार १३१ जना पुगेको छ । संक्रमितमध्ये ८ लाख १० हजार ७८० जना निको भएका छन् । यस्तै हालसम्म मृतकको कुल संख्या ११ हजार ५८५ पुगेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा ७६ हजार ३३० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । खोप अभियान सुरु भएसँगै हालसम्म कुल २ करोड ३१ लाख ७१ हजार मात्रा खोप लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त