बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

जनमत पार्टी कार्यकर्ताद्वारा ट्रकमा आगजनी, दर्जनौँ गाडी तोडफोड

आइतबार, ११ पुस २०७८, १५ : ३२
आइतबार, ११ पुस २०७८

सिरहा, ११ पुस । जनमत पार्टीले गरेको सिरहा बन्दको अवज्ञा गरेको भन्दै एक ट्रकमा आगजनी गर्नुका साथै दर्जनौँ गाडी तोडफोड गरेका छन् । बन्दको क्रममा प्रहरीले दमन गरेकोभन्दै उनीहरूले सिरहाको नरहा गापा ३ नयाँ चोहर्वा नजिक रोकी राखेको ना ५ ख ५५२२ नम्बरको ट्रकमा आगजनी गरेका हुन् ।  आगजनीबाट ट्रक पूर्ण रूपले जलेर नष्ट भएको छ । जनमत पार्टीका कार्यकर्ताले भने आफूहरूले आगजनी नगरेको जनाएको छ । उनीहरूले आन्दोलनमा घुसपैठ भएको भन्दै हामीलाई बदनाम गराउने तत्त्वले आगजनी गरेको जनाएको छ ।

झुटो मुद्दामा प्रहरीले किसानलाई पक्राउ गरेको भन्दै जनमत पार्टीले आज सिरहा बन्दको आव्हान नगरेको कारण सिरहाको जनजीवन बिहानैबाट तनावग्रस्त बनेको छ । बन्दका कारण आज बिहानैदेखि लहानसहित सिरहाको मिर्चैया, गोलबजार लगायतका बजार, पसल, कलकारखाना ठप्प छ भने राजमार्गमै सवारी साधनहरू रोकिँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन् । 

बन्द सफल बनाउन बिहानैदेखि जनमत पार्टीका नेता कार्यकर्ताहरू पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको विभिन्न स्थानमा टायर बालेर प्रदर्शन छन् । बन्द खुलाउन प्रहरी र प्रदर्शनकारीबीच पटक पटक झडप भएको जनाएको छ । बन्द आव्हान गरेको जनमत पार्टीका कार्यकर्ताहरूले सिरहाको गोलबजार, मिर्चैया लगायतका स्थानमा दर्जन बढी सवारी साधनमा तोडफोड गरेका छन् ।  अवरुद्ध राजमार्ग खुलाउन प्रहरीले प्रयास गर्दा मिर्चैयामा प्रहरी र प्रदर्शनकारी बीच झडप समेत भएको स्थानीयले बताएका छन् । बन्द सफल बनाउन हिँडेका एक दर्जन नेता कार्यकर्ताहरूलाई गोलबजार र मिर्चैयाबाट पक्राउ गरेको इलाका प्रहरीले जनाएको छ ।  

सिरहाको औरही गाउँपालिकाले गहुँको बिउ बाँड्न ढिलाइ गरेको भन्दै किसानहरूले गाउँपालिकाको गोदामबाट गहुँ लगेका थिए । गहुँको बिउ लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले एक जना किसानलाई पक्राउ गरेको भन्दै जनमत पार्टीले आज सिरहा बन्दको आव्हान गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप