नेप्सेमा ७१ अंकको उछाल, के अब धितोपत्र बजार सुध्रिएकै हो त ?

लामो समयसम्म घट्दो क्रममा रहेको नेप्से पुन: उकालो लाग्न थालेको छ । गत हप्ताको मंगलबारदेखि उकालो लाग्ने थालेको सेयर बजार परिसूचक नेप्से यस साताको पहिलो दिन अर्थात् आज आइतबार मात्र ७१ अंकमाथिले वृद्धि भएको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज आइतबार नेप्से सूचक ७१.२० अंकले वृद्धि हुँदै २५ सय ९१.४२ विन्दुमा उक्लिएको हो । यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ५.३८ अंकले वृद्धि हुँदै ४८२.७४ बिन्दुमा पुगेको छ ।
आज हाइड्रोपावर र फाइनान्स समूहको उपसूचकबाहेक अन्य सबै उपसूचकहरु धनात्मक भएका छन् भने ७१ अंक माथिले नेप्से वृद्धि भएको बजारमा आज ५ अर्ब १७ करोड ३२ लाखको कारोबार भएको छ । गत हप्ताको मंगलबारदेखि क्रमश ः उकालो लाग्ने थालेको सेयर बजारको यो चौथो दिन हो । चार दिनयता नेप्सेमा २३० अंक माथिको वृद्धि भइसकेको छ । यसले सेयर बजार पुनः लयमा फर्किएको संकेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी पर्दा पनि किन हट्न सकेन वायु प्रदूषण ?
-
आफू अतिथि रहेको कार्यक्रममा सहभागी नभएपछि ऊर्जा राज्यमन्त्रीले सोधे सचिवलाई स्पष्टीकरण
-
क्याल्सियमबाहेक यी चिजको कमीले पनि गराउँछ हड्डी कमजोर
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
अनुदान दिएर कृषिमा प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका
-
तेस्रो एनडिसी मस्यौदा : दशककै जलवायु लक्ष्य निर्धारण