शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा ७१ अंकको उछाल, के अब धितोपत्र बजार सुध्रिएकै हो त ?

आइतबार, ११ पुस २०७८, १५ : २९
आइतबार, ११ पुस २०७८

लामो समयसम्म घट्दो क्रममा रहेको नेप्से पुन: उकालो लाग्न थालेको छ । गत हप्ताको मंगलबारदेखि उकालो लाग्ने थालेको सेयर बजार परिसूचक नेप्से यस साताको पहिलो दिन अर्थात् आज आइतबार मात्र ७१ अंकमाथिले वृद्धि भएको हो । 
नेपाल स्टक एक्सचेन्जका अनुसार आज आइतबार नेप्से सूचक ७१.२० अंकले वृद्धि हुँदै २५ सय ९१.४२ विन्दुमा उक्लिएको हो ।  यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ५.३८ अंकले वृद्धि हुँदै ४८२.७४ बिन्दुमा पुगेको छ । 

आज हाइड्रोपावर र फाइनान्स समूहको उपसूचकबाहेक अन्य सबै उपसूचकहरु धनात्मक भएका छन् भने ७१ अंक माथिले नेप्से वृद्धि भएको बजारमा आज ५ अर्ब १७ करोड ३२ लाखको कारोबार भएको छ ।  गत हप्ताको मंगलबारदेखि क्रमश ः उकालो लाग्ने थालेको सेयर बजारको यो चौथो दिन हो । चार दिनयता नेप्सेमा २३० अंक माथिको वृद्धि भइसकेको छ । यसले सेयर बजार पुनः लयमा फर्किएको संकेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप