बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

माओवादीका केन्द्रीय सदस्यले दस्तावेज पढ्न पाएनन्, प्रचण्ड भन्छन्– पत्रिकामा निक्लियो भने खल्लो हुन्छ !

आइतबार, ११ पुस २०७८, १४ : ३३
आइतबार, ११ पुस २०७८

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले सोमबार बिहान भात खाएपछि मात्रै प्रचण्डको राजनीतिक प्रतिवेदन पढ्न पाउने भएका छन् । आइतबार बिहान पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले दस्तावेजका शीर्षक र उपशीर्षकहरु मात्रै पढेर सुनाएका छन् ।

‘भोलि (सोमबार) बिहान खाना खाएपछि मात्रै बन्दसत्र सुरु हुन्छ । बन्दसत्रका बेलामा चाहिँ यसलाई वितरण गरिन्छ’ आइतबारको बैठकमा अध्यक्ष प्रचण्डले भने, ‘ग्रुपमा अध्ययन गर्नेबेलामा नै सबै डिटेलमा पढ्ने, टिप्पणी गर्ने । हामी स्थायी समितिका पनि एउटा ग्रुप बनाएर बस्ने भनेका छौं ।’

प्रस्ताव केन्द्रीय सदस्यहरुलाई प्रतिवेदन वितरण गर्दा बन्दसत्र सुरु नहुँदै पत्रिकामा छापिने र महाधिवेशन खल्लो हुने प्रचण्डले बैठकमा बताए । उनले भने, यो प्रस्ताव वितरण चैं गरिनहालौं, किनभने यो बन्दसत्र सुरु हुनुभन्दा अगाडि नै बाहिर पत्रिकामा सररै निक्लियो भने हाम्रो महाधिवेशन नै खल्लो हुन्छ । त्यसकारण, अहिले वितरणचाहिँ नगरौं भनेर वितरण गरिएको छैन ।’

अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यहरुसँग भने, ‘म यहाँ कामरेडहरुलाई केही शीर्षकहरु जानकारी गराउँछु । यसको शीर्षकचाहिँ बाहिर जाने भो तर दस्ताबेजचाहिँ अहिले केन्द्रीय समितिमा यहाँ वितरण नगरिहाल्ने । पत्रकारहरुले के भनेछन् भने स्थायी समितिमा बाँड्नुभएको भए पाइहालिन्थ्यो, स्थायी समितिमा बाँड्नुभएन छ ।’

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप