शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भिटामिन डीदेखि तौल नियन्त्रण गर्नेसम्म : जाडोयाममा घाममा बस्नुका ५ उत्कृष्ट फाइदा

आइतबार, ११ पुस २०७८, १३ : ५६
आइतबार, ११ पुस २०७८

पुस–माघको महिनामा कठ्याङ्ग्रिदो चिसो हुन्छ । चिसोबाट बच्नका लागि धेरैजसो मानिस घाममा बस्न रुचाउँछन् । घामले हाम्रो शरीरलाई तातो राख्नुका साथै यसले शरीरलाई पर्याप्त भिटामिन–डी पनि प्राप्त हुन्छ । विशेषज्ञको दाबी अनुसार घामले फंगल इन्फेक्सन र विभिन्न प्रकारका रोगमा पनि फाइदा पुर्याउँछ । आउनुहोस्, चिसो मौसममा घाममा बस्नुका फाइदाबारे जानकारी लिऔं ।

१. भिटामिन डीः

घाममा बस्दा शरीरले भरपुर मात्रामा भिटामिन डी पाउँछ भन्ने कुरा त धेरैलाई थाहा छ । भिटामिन डीले हड्डीलाई बलियो बनाउन सहयोग गर्छ । यसका साथै घाममा बस्दा जोर्नी दुखाई र चिसोका कारण शरीर दुख्ने समस्याबाट पनि राहत मिल्छ ।

२. मिठो निद्राः

घाममा बस्दा हाम्रो शरीरमा मेलाटोनिन हर्मोन पैदा हुन्छ । यो हर्मोनका कारण हामीलाई मिठो र आरामदायी निद्रा लाग्छ । साथै, यसले मानसिक तनाव पनि कम हुन्छ ।

३. तौल घटाउन सहयोगीः

घाममा बस्दा शरीरमा कोलेस्ट्रोलको स्तर घट्न थाल्छ । यसले तौल कम गर्न पनि मद्दत गर्छ । चिसो मौसममा करिब १५ मिनेट घाममा बस्नु शरीरका लागि राम्रो बताइन्छ ।

४. फंगल संक्रमणः

यसद शरीरमा कुनै प्रकारको फंगल संक्रमण भएको छ भने घाममा पक्कै पनि बस्नुहोस् किनभने घाममा बस्दा ब्याक्टेरियल इन्फेक्सन नष्ट हुन्छ । घामले छालाको समस्याबाट पनि राहत दिलाउन मद्दत गर्छ ।

५. गम्भीर रोगको उपचारः

सूर्यको किरणमा जन्डिसजस्ता गम्भीर रोगलाई निको पार्ने क्षमता हुन्छ । त्यसैले जन्डिस भएका बिरामीलाई केही बेर घाममा बस्न सल्लाह दिइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप