बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘कामना सेवा फुटसल कप’ २०२१ को उपाधि सिद्धार्थ बैंकलाई

आइतबार, ११ पुस २०७८, १३ : ०६
आइतबार, ११ पुस २०७८

कामना सेवा विकास बैंकले आयोजना गरेको पहिलो ‘कामना सेवा फुटसल कप २०२१’ उपाधि सिद्धार्थ बैंकले जितेको गरेको छ । शनिबार हाँडीगाउँस्थित धन्यन्तरी फुटसल मैदानमा भएको फाइनल खेलमा माछापुच्छ्रेलाई हराउँदै सिद्धार्थले उपाधि जितेको हो ।

खेलको निर्धारित समयभित्र दुवै टीमले समान २–२ गोल गरेका थिए । सिद्धार्थको तर्फबाट भाष्कर देवकोटा र राजु श्रेष्ठले तथा माछापुच्छ्रेको तर्फबाट अभय राना र सञ्जय रानामगरले गोल गरे ।  टाइब्रेकरमा सिद्धार्थ बैंक २–१ ले विजयी भएको हो । प्रतियोगितामा माछापुच्छ्रेका निकेश केसी उत्कृष्ट गोलकिपर घोषित भए । सिद्धार्थका शान्तिराम कार्की सर्वाधिक गोलकर्ता र भाष्कर देवकोटा सर्वोत्कृष्ट खेलाडी घोषित भए । फुटसल प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था एवम् बीमा कम्पनीलगायत २४ वटा टिम सहभागी भएका थिए ।

प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि एवम् कामना सेवा बैंक सञ्चालक विश्वेश्वर सुवेदी, नेपाल पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराई, बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद लम्साल लगायतले मेडल र ट्रफीसहित प्रमाणपत्र हस्तान्तरण गरे । प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा)को फुटसल कमिटीले सहकार्य गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप