शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘बदला रिटर्नस्’ प्रदर्शनका लागि तयार

आइतबार, ११ पुस २०७८, १२ : ४८
आइतबार, ११ पुस २०७८

फिल्म ‘बदला रिटर्नस्’ प्रदर्शनका लागि तयार भएको छ । निर्देशक घनश्याम तिमल्सिना ‘एन्टिना’ले फिल्म सम्पूर्ण काम सकाएर प्रदर्शनको लागि तयार रहेको जानकारी दिए ।  ‘फिल्मको सबै काम सकिएको छ’ निर्देशक घनश्यामले भने,‘प्रदर्शनका लागि वितरकसँगको छलफलमा छौ । छिट्टै रिलिज मिति घोषणा हुनेछ ।’ घनश्यामले केही वर्ष अगाडि फिल्म ‘छापामार’  निर्देशन गरेका थिए ।

प्रेमकथा, एक्सन र सन्देश सबै समेटिएको फिल्म संखुवासभाका विभिन्न रमणीय ठाउँमा छायाङ्कन भएको हो । कल्याण घले, शशी राई, जीवन श्रेष्ठ, प्रेम बस्याल, गीताञ्जली बलायर, किशोर घले लगायतको अभिनय रहेको फिल्म खबर मिडिया ग्रुपले निर्माण गरेको हो ।

प्रेम बस्यालको कथा तथा लक्ष्मी शिवाकोटी निर्जलाको पटकथा रहेको फिल्ममा संगीत सुर्य दनुवार राईको छ । सुरज श्रेष्ठको द्वन्द्व, मोहनिश श्रेष्ठको छायाँकन रहेको फिल्म विश्वास भण्डारीले सम्पादन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप