शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ललितपुर महानगरको नागरिक सचेतना अभियान सुरु (फोटो)

आइतबार, ११ पुस २०७८, ११ : ३६
आइतबार, ११ पुस २०७८

ललितपुर महानगरपालिकाले आइतबारदेखि नागरिक सचेतना अभियान सुरु गरेको छ । ‘स्वच्छ सुन्दर ललितपुर’ भन्ने नारासहित नगरप्रमुख चिरिबाबु महर्जनको निर्देशनअनुसार ललितपुर नगर प्रहरीले एक हप्ता लामो सचेतना अभियान गर्न लागेको हो ।

सचेतना अभियान अन्तरगत पहिलो दिन आइतबार ललितपुर नगर प्रहरीले मोटरसाइकल र्‍यालीको आयोजना गरेको छ । सचेतना जगाउने प्लेकार्ड र माइकिङसहित र्‍यालीको आयोजना गरिएको थियो । ‘महानगरका जनतालाई धेरै नियमहरू थाहा छैन । कहिलेकाहीँ वहाँहरु कारबाहीमा हामीलाई त यो कुरा थाहा नै थिएन भन्नुहुन्छ,’ ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने, ‘सचेतना कार्यक्रमअन्तर्गत नागरिकलाई नगरपालिकाका नियमहरूबारे जानकारी दिनेदेखि स्वच्छ सुन्दर ललितपुर बनाउन महानगर र नागरिकको साझेदारीबारे पनि सचेतना फैलाउँछौँ ।’

उनका अनुसार सचेतना कार्यक्रममा फोहोर व्यवस्थापन, सवारी पार्किङ, फुटपाथ अतिक्रमण भवन निर्माणदेखि करबारे नागरिक जानकारी दिइनेछ । यसका लागि पर्चा बाँड्नेदेखि टोलटोलमा पुगेर माइकिङ गर्नेसम्मको कार्य गरिने हाछेथुले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप