माओवादीमा वरिष्ठ उपाध्यक्षको प्रस्ताव

नेकपा माओवादी केन्द्रले पदाधिकारी १५ सदस्यीय रहने प्रस्ताव गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले १५ सदस्यीय पदाधिकारी रहने प्रस्ताव गरेको हो ।
जसमा एक अध्यक्ष एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र एक कोषाध्यक्ष रहने प्रस्ताव गरेको हो । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले बैठकले १५ जना पदाधिकारी रहने प्रस्ताव गरेको र यो सबै टुंगो भने महाधिवेशनले नै लगाउने बताए ।
उनकाअनुसार बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्ताव बैठकमा पेश भएको छ तर छलफल र बहस सबै महाधिवेशनमा नै हुनेछ । उनले सो डकुमेन्टको मुख्य–मुख्य विशेषता प्रचण्डले बैठकमा राखेको र महाधिवेशनमा प्रतिवेदन वितरण हुने बताए ।
उनका अनुसार राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने स्थायी कमिटीको निर्णयलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको छ ।
‘आज हामीले गर्ने भनिएको राष्ट्रिय सम्मेलन अब आठौं राष्ट्रिय महाधिवेशन हुन्छ’, महराले केन्द्रीय कमिटी बैठकपछि पत्रकारहरुलाई भने, ‘अध्यक्षले डकुमेन्ट प्रस्तुत गर्नुभयो । त्यससम्बन्धी टिकाटिप्पणी छलफल महाधिवेशन मै गर्छौँ ।’
२१ औं शताब्दीको समाजवाद : हाम्रो बाटो शीर्षकमा प्रचण्डको राजनीतिक प्रतिवेदन तयार भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरको सुनाकोटी स्थित एक प्लाइ उद्योगमा आगलागी
-
फ्रान्समा दुई प्रहरीमाथि चक्कु प्रहार, रोक्न जाने वृद्धको ज्यान गयो
-
बालबालिका हुर्काउने–पढाउने २५ सूत्र !
-
एयरपोर्टमा पार्किङ शुल्क असुल्न ठेक्का आह्वान
-
अमेरिकामा सरकारी कर्मचारी हटाउन मस्कको अर्को निर्णय
-
पाकिस्तानी गजलकार गुलाम अली काठमाडौँमा गुञ्जने