सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

‘फेसियल हाउस’ मा किन पुगे सेलिब्रेटी  ?

आइतबार, ११ पुस २०७८, ११ : १२
आइतबार, ११ पुस २०७८

पछिल्लो समय धेरै कार्यक्रममा सेलिब्रेटीको उपस्थिति देख्न सकिन्छ । सेलिब्रेटी सहभागी भएको कार्यक्रम मिडियामा समाचार बन्ने भएकोले पनि कार्यक्रम आयोजकको रोजाइमा सेलिब्रेटी पर्न थालेका हुन् ।

सोही सिलसिलालामा शनिबार ‘फेसियल हाउस’ को १४ औं बार्षिक उत्सवमा पनि सेलिब्रेटीको लर्काे रहेको थियो । काठमाडौं मलकोे चौंथो तल्लामा अवस्थित ‘फेसियल हाउस’ कै कार्यकक्षमा आयोजित वार्षिकोत्सव अभिनेत्री पुजा शर्मा, निर्देशक शोभित बस्नेत, अभिनेता दीकपाल कार्की र यशराज गराच समेत पुगेका थिए ।  शो अवसरमा उनीहरुले केक काट्दै फेसियल हाउसलाई शुभकामना दिए । 

उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाको समेत उपस्थिति रहेको कार्यक्रममा अभिनेत्री शर्माले सेलिब्रेटीका लागि फेसियल हाउसको सर्भिस महत्वपूर्ण रहेको बताइन् । उनले आफु अभिनेत्री बन्नु अगाडि देखिनै यसको सेवा लिएको जानकारी दिइन् । 

व्यवसायी राणाले ‘फेसियल हाउस’ ले आफ्नो मन जितेको बताइन् । फेसियल हाउसकी सञ्चालिका सुष्मा महराले विगत  १४ वर्षदेखि आम मानिसको विश्वास जित्दै अगाडि बढ्न सहज नभएपनि आफूहरुले चुनौती सामना गर्दै काम गरेको बताइन् । उनका अनुसार, काठमाडौैंभित्र ३ वटा र मोफसलमा २ वटा शाखा सञ्चालनमा छन् । 

कार्यक्रममा फेसियल हाउसमा काम गरिरहेका कर्मचारीहरुलाई विभिन्न विधामा अवार्ड समेत प्रदान गरिएकोे थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप