भारतमा किन छापिएको थियो शून्य रुपैयाँको नोट
प्रत्येक नोटको आफ्नो मूल्य हुन्छ । सोही मूल्यका आधारमा सर सामग्री किनबेच हुने गर्छ । तर शून्य दरको नोटको मूल्य के त ? यस्तो नोट पनि छापिएको थियो भन्ने थाहा पाउँदा अचम्म लाग्ला । तर यो वास्तविकता हो । भारतमा विभिन्न दरका नोट छापिए जस्तै शून्य दरको नोट पनि छापिएको थियो । हाल भारतमा विभिन्न दरका नोट छापिने गरेको छ । यसमा १ रुपैयाँको नोटदेखि २ हजार रूपैयाँसम्मका छन् । तर भारतमा शून्य दरको नोट किन छापिएको थियो भन्नेबारे कौतुहल जाग्यो होला । यसबारे जानकारी लिऔं ।
किन छापिएको थियो शून्य दरको नोट
शून्य दरको नोटमा पनि महात्मा गान्धीकै तस्बिर छापिएको थियो । यो बिल्कूल अन्य नोट जस्तै देखिन्छ । तर तपाईंको मनमा प्रश्न उब्जिएका होलान् कि आखिर शून्य दरको नोट किन छापियो ? यो नोटको प्रयोग के होला ? रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले यो नोट छापेको थिएन । यी नोटलाई भ्रष्टाचारविरुद्ध एक अभियानअन्तर्गत छापिएको थियो ।
यो शून्य रुपैयाँको नोट छाप्ने विचार दक्षिण भारतको एक गैर सरकारी संगठन (एनजीओ) को थियो । २००७ मा भ्रष्टाचारको बिरुद्धमा यो नोटलाई हतियारको रुपमा सुरु गरिएको थियो । तमिलनाडूमा काम गर्ने यो एनजीओले करिब ५ लाख शून्य दरको नोट छापेको थियो । यी नोटहरु हिन्दी, तेलेगु, कन्नड र मलयालम गरी ४ भाषामा छापिएको थियो । जसलाई जनतामाझ बाँडिएको थियो ।
नोटमा लेखिएको थियो विशिष्ट सन्देश
यो नोटमा भ्रष्टाचारको बिरुद्धमा कयौं सन्देश लेखिएका थिए । यो नोटमा लेखिएको थियो, ‘ भ्रष्टाचार अन्त्य गरौँ, यदि कोही घुस माग्छन् भने यो नोट दिनुस् र घटना बारे हामीलाई जानकारी दिनुस् ।’
यो नोटमा भारत स्वतन्त्रता अभियानका नेता महात्मा गान्धीकै फोटो राखिएको थियो र मुनी पट्टी एनजीओको फोन नम्बर र इमेल आईडी राखिएको थियो ।
एनजीओले यो शून्य रुपैयाँको नोट बनाउँथे र घुस माग्ने व्यक्ति दिने गर्दथे । शून्य रुपैयाँको नोट भ्रष्टाचारको बिरुद्धको एक प्रतीक थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी