बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

क्रिसमस पार्टीमा आत्मघाती हमला, ६ जनाको मृत्यु

आइतबार, ११ पुस २०७८, १० : १८
आइतबार, ११ पुस २०७८

गणतन्त्र कंगोमा एउटा रेस्टुरेन्टमा भएको आत्मघाती हमलामा कम्तीमा ६ जनाको मृत्यु भएको छ । पूर्वी सहर बेनीमा भिडभाडयुक्त रेस्टुरेन्टमा क्रिसमस पार्टी चलिरहेको बेला  आत्मघाती विस्फोट भएको थियो । विस्फोटमा एक दर्जनभन्दा बढी घाइते भएका छन् । एक आक्रमणकारीले रेस्टुरेन्टको प्रवेशद्वारमा आत्मघाती विस्फोट गराएका थिए । 

इस्लामिक स्टेट (आइएस) सँग आबद्ध एकीकृत डेमोक्रयाटिक फोर्स (एडीएफ) का कार्यकर्ताहरूले सो विस्फोट गराएको अधिकारीहरूले बताएका छन् । अहिलेसम्म कुनै पनि समूहले विस्फोटको जिम्मा लिएका छैन । बम विस्फोट हुँदा रेस्टुरेन्टमा ३० जनाभन्दा बढीले क्रिसमस मनाइरहेका थिए । विस्फोटको समयमा महिला र बालबालिका थिए । बेनीमा सेना र मुस्लिम लडाकुका कार्यकर्ताबीच बारम्बार झडप हुने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप