बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

भारतमा जनवरीदेखि ६० वर्षमाथिका सबैलाई कोभिडको बुस्टर डोज

आइतबार, ११ पुस २०७८, ०९ : २०
आइतबार, ११ पुस २०७८

भारतमा ६० वर्षमाथिका सबैलाई बुस्टर डोज दिइने भएको छ । सरकारले आगामी १० जनवरीदेखि स्वास्थ्यकर्मी र ६० वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज दिइने प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । 

‘सरकारले स्वास्थ्य कार्यकर्ता र कोभिड महामारीविरुद्ध अग्रमोर्चामा खटिएका सबै व्यक्तिलाई बुस्टर डोज दिनेछ,’ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भने । त्यस्तै, १५ वर्षदेखि  १८ वर्षसम्मका व्यक्तिलाई पनि जनवरीको पहिलो सातादेखि खोप दिइने भएको छ ।

‘कोरोनाभाइरस हराएको छैन । अहिले ओमिक्रोनको नयाँ सङ्क्रमण बढेको छ । क्रिसमस र पूर्व प्रधानमन्त्री अटलविहारी बाजपेयीको जन्मदिनको अवसरमा कोभिडबारे नयाँ घोषणा गरेका छौँ,’ प्रधानमन्त्री मोदीले भने । बालबालिकालाई कोभिडविरुद्धको खोप दिइँदा महामारीविरुद्धको लडाई सशक्त हुने र विद्यालयमा अध्ययन अध्यापनको वातावरणसमेत सहज हुने उनले बताए । अहिलेसम्म भारतमा ६१ प्रतिशत जनसङ्ख्याले पूर्ण खोप लगाएका छन् भने ९० प्रतिशतले पहिलो डोज लगाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप