शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कुन देशको मुद्राको विनिमयदर कति ?

आइतबार, ११ पुस २०७८, ०८ : ००
आइतबार, ११ पुस २०७८

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजको अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७४ पैसा र बिक्री दर १२० रुपैयाँ ३४ पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिद दर १३५ रुपैयाँ ८२ पैसा र बिक्री दर १३६ रुपैयाँ ५० पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ५८ पैसा र बिक्री दर १६१ रुपैयाँ ३९ पैसा कायम छ ।  

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७३ पैसा र बिक्री दर ८७ रुपैयाँ १६ पैसा छ ।  जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ४७ पैसा र बिक्री दर १० रुपैयाँ ५२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८० पैसा र बिक्री दर १८ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप