ad
x
माओवादी राष्ट्रिय सम्मेलन

प्रचण्डको दस्ताबेज : तत्काल समाजवादी क्रान्ति सम्भव छैन

पृथ्वीको तापक्रम र समाजवादको कार्यक्रमदेखि प्रचण्डपथसम्म

person explore access_timeपुस ११, २०७८ chat_bubble_outline0

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको आजको परिस्थितिमा तत्काल समाजवाद लागू हुने स्थिति नरहेको बताएका छन् । तत्काल समाजवादी क्रान्ति अगाडि बढ्ने स्थिति पनि नरहेको प्रचण्डको निष्कर्ष छ ।


वर्तमान संविधानले नेपाल समाजवाद उन्मुख राज्य हुनेछ भनेको र त्यही मूल नीतिअन्तरगत नेकपा माओवादी केन्द्रले समाजवादलाई आफ्नो रणनीतिक लक्ष बनाएको, तर यसलाई तत्कालीन कार्यनीति बनाउने परिस्थिति नरहेको प्रचण्डले स्पष्ट पारेका छन् ।



‘हाम्रो अहिलेको नीति भनेको समाजवाद लागू गर्ने होइन नेपालमा । माओवादी पार्टीले समाजवाद भन्दैगर्दा हतारिएर परिस्थिति परिपक्व नभइकन समाजवाद लागू गर्ने, समाजवादी क्रान्तिको कुरा गरेको हो कि भन्ने भ्रम चाहिँ नरहोस्’ प्रचण्ड भन्छन्, ‘नेपालको आजको परिस्थितिमा तत्काल समाजवाद लागू हुने स्थिति छैन । तत्काल समाजवादी क्रान्ति अगाडि बढ्ने स्थिति पनि छैन ।’



आज (पुस ११) देखि सुरु हुने राष्ट्रिय सम्मेलन (महाधिवेशन) का लागि तयारी पारिएको दस्तावेजमा उल्लेखित ‘लाइन’ को व्याख्या गर्दै प्रचण्ड भन्छन्, ‘अहिले रणनीतिचाहिँ हाम्रो समाजवाद नै हो । यसको आधार तयार पार्ने कुरा हाम्रो संविधानले पनि दिएको छ । तर, राष्ट्रिय अन्तरराष्ट्रिय परिस्थिति, हाम्रो विकासको अवस्थामा समाजवादी कार्यक्रम अहिले नै लागू गर्न सक्ने परिस्थिति छैन । अहिले समाजवाद उन्मुख हुने कुरा हो । अहिले हामी व्यवहारमा जाने तत्कालको कार्यनीति भनेको समाजवादउन्मुख स्वतन्त्र, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने कुरा हो ।’



माओवादी अध्यक्ष प्रचण्ड अगाडि भन्छन्, ‘त्यसकारण के भ्रम नहोस् भने समाजवादमा हत्त न पत्त परिस्थिति नै नभइकन जान खोजिहालेको हैन । हाम्रो गोल त समाजवाद हो नै । हाम्रो रणनीति समाजवाद नै हो । जसरी संविधानले निजी, सार्वजनिक र सहकारी समायोजनबाट अर्थतन्त्र विकास गर्ने कुरा गरेको छ, त्यही मूल नीतिअन्तरगत नै हामीले गाउँगाउँ टोलटोलबाट समाजवादका भ्रुणहरु बनाऔं । कहीँ न कहीँ, कसै न कसैले सुरु त गर्नुपर्यो । आफूलाई समाजवादी भन्ने तयार व्यवहारमा नगर्ने हुन भएन । यसमा चाहिँ हामी गम्भीर छौँ । तर, तत्कालै समाजवाद लागू भइहाल्छ भन्ने कुराचाहिँ होइन ।’



माओवादी अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा विश्व पुँजीवादको वर्तमान अवस्था, वित्तीय पुँजीवादले मानव जीवनमा पारेको असर, जलवायु परिवर्तन तथा ग्लोबल वार्मिङले पृथ्वी एवं समस्त प्राणी जगतमा पारेको असर अनि पुँजीवादी व्यवस्थाका कारण मानव स्वास्थ्यमा परेका असरहरुलाई आफ्नो दस्ताबेजमा समेटेका छन् ।



दस्तावेज लेखनको पृष्ठभूमि बताउँदै प्रचण्ड भन्छन्, ‘मैले आफैंले यो विषयमा शान्ति प्रक्रियामा आएपछि पहिलोचोटि विश्वभरिका ट्रेन्डहरुको अध्ययन गर्ने कोसिस गरें । धेरै गरें त भन्दिनँ । तर, दस्तावेज तयार पार्ने सन्दर्भमा पछिल्लोचोटि लेखिएका किताबहरु, चाहे ती पुँजीवादी अर्थशास्त्रीका हुन् या कम्युनिस्ट आन्दोलनभित्र समाजवादी धाराका हुन्, तिनलाई हेर्ने मैले कोसिस गरें ।’ 

‘राष्ट्रिय सम्मेलन भन्यौँ, तर यो महाधिवेशन हो’

माओवादी अध्यक्ष प्रचण्डले पुस ११ देखि १३ सम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने भनिए पनि यो महाधिवेशन नै भएको बताए । राष्ट्रिय सम्मेलनले कसरी महाधिवेशनको चरित्र बोकेको छ भन्ने व्याख्या गर्दै उनले भने, ‘हामी राष्ट्रिय सम्मेलनको सँघारमा छौँ । हामीले हुन त यसलाई राष्ट्रिय सम्मेलन भन्यौँ । तर, हामीले तलदेखि सदस्यता नवीकरण, टोल र सेल कमिटीहरु गठन गर्यौँ । वडा सम्मेलन र सम्मेलनबाट प्रतिनिधि छनोट गर्यौँ । पालिकास्तरका सम्मेलन र ती सम्मेलनबाट प्रतिनिधि छनोट गर्यौँ । प्रदेश सम्मेलन र त्यसबाट प्रतिनिधि छनोट गर्यौँ । अनि राष्ट्रिय सम्मेलनमा दस्तावेज प्रस्तुत गर्ने, केन्द्रीय समिति पनि नयाँ बनाउने, विधान पनि संशोधन गरेर नयाँ विधान प्रस्तुत गर्दैछौँ । यो सबै प्रक्रिया हेर्दा महाधिवेशनका लागि आवश्यक पर्ने कुनै प्रक्रिया हामीले छोडेनौँ । तर, भन्दाखेरि हामीले राष्ट्रिय सम्मेलन भन्यौँ ।’

घोषित राष्ट्रिय सम्मेलनलाई नै महाधिवेशनमा परिणत गरिने जानकारी दिँदै उनले भने, ‘अहिले हामीलाई लागेको छ, यो राष्ट्रिय सम्मेलनलाई नै महाधिवेशन घोषणा गरिदिन डराउनुपर्ने कुनै कारण हामीले देखिराखेका छैनौँ । सम्मेलनैबाट हामी महाधिवेशन हौँ भनेर घोषणा गरे पनि सबै विधि, प्रक्रिया, नीति, दस्तावेज, विधान, नेतृत्व निर्माण सबै दृष्टिकोणले पुगेको छ भन्ने लागेको छ ।’

राष्ट्रिय सम्मेलन अथवा महाधिवेशनले विचार निर्माणमा मुख्य जोड दिने प्रचण्डको दाबी छ । उनी भन्छन्, ‘हाम्रो राष्ट्रिय सम्मेलन उदघाटन गर्ने, कोही कोहीले भाषण गर्ने, अनि नेतृत्व चुन्ने छोड्ने, यस्तो चाहिँ हुँदैन । विल्कुल योभन्दा फरक हुन्छ । हामीले जे चितवनमा देख्यौँ, भर्खरै काँग्रेसको र राप्रपाको जे काठमाडौँमा गरियो, उहाँहरुको भन्दा विल्कुल फरक हुन्छ ।’

सम्मलेनको कार्यभारबारे जानकारी दिँदै प्रचण्ड भन्छन्, ‘हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्र, जसलाई संविधान निर्माण गर्दा समाजवादउन्मुख भनेका छौँ । सार्वजनिक, निजी र सहकारीको समायोजनमा नेपालको अर्थतन्त्र अगाडि बढाउने कुरा पनि गरेका छौँ, । थुप्रै मौलिक अधिकारका कुरा पनि गरेका छौँ । यी सबै कुराको समीक्षा र विश्लेषण गरेर अब अगाडिका लागि हाम्रो पार्टीको निम्ति विचार के हुन सक्छ, त्यसलाई विकसित र परिमार्जित गर्ने कुरा छ । अनि राष्ट्रका निम्ति हामीले यसलाई कसरी समाजवाद उन्मुख बनाउन सकिएला ? या समाजवादतिर लिएर जाने, समाजवादको आधार कसरी तयार पार्न सकिएला ? सामाजिक न्याय र सुधारको  कुन नीतिअन्तरगत तात्कालिक ढंगले राष्ट्र र जनताको सेवा गर्न सकिएला भन्नेजस्ता विषयहरुमा हाम्रो ध्यान केन्द्रित छ ।’

राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा माओवादी अध्यक्ष प्रचण्डले ललितपुरको होटल हिमालयमा शनिबार सम्पादकहरुसँग आफ्नो राजनीतिक प्रतिवेदनको सारसंक्षेप यसरी सुनाए– 

अन्तरराष्ट्रिय परिस्थिति : वित्तीय पुँजीवाददेखि जलवायु परिवर्तनसम्म

हाम्रो ध्यानचाहिँ अलि बढी अहिलेको विश्वको परिस्थिति र विभिन्न राजनीतिक प्रवृत्तिहरु कसरी विकास भइराखेका छन्, विश्वको आर्थिक स्थितिको ट्रेन्ड के छ, अहिलेको यो भूमण्डलीकरणले ल्याएको, वित्तीय पुँजीवादले ल्याएको असर दुनियाँभरि के–कस्तो परेको छ भन्नेमा छ ।

विज्ञान प्रविधिमा पनि निकै ठूलो परिवर्तन भएको छ । अघिल्लो शताब्दीको अन्त्यतिर सूचना प्रविधिमा भएको क्रान्ति र अहिले डिजिटलाइजेसनसम्म आउँदा ग्लोबलाइजेसन र डिजिटलाइजेसनले मानव जातिको आपसी सम्बन्धमा पारेको प्रभाव कस्तो परेको छ ? राष्ट्र–राष्ट्रबीचको सम्बन्धमा यसको असर के परेको छ ? आर्थिक विकास, समृद्धि या त्यसमा यसको के असर परेको छ ? यसको अध्ययन गर्ने, विश्लेषण गर्ने भन्नेमा हाम्रो ध्यान केन्द्रित छ ।

अहिले हाम्रो नेपालको भूराजनीतिक स्थिति र विकासको प्रक्रियामा हामी कहाँ आइपुगेका छौँ ? हाम्रो छिमेकीसँगको सम्बन्धलाई यो भूमण्डलीकरण र विज्ञान प्रविधिको विकासले या वित्तीय पुँजीवादको अहिलेको चरणले के कस्तो असर परेको छ ? विचारमा, राजनीतिमा, अहिलेको विश्व परिस्थिति, राष्ट्रिय परिस्थिति, उत्पादन र वितरण प्रणालीले मानव जातिमा के प्रभाव परेको छ ? केही समयदेखि सबैको निम्ति असाध्यै चासो र चिन्ताको विषय बनेको  जलवायु परिवर्तनको विषय, पृथ्वीको तापक्रम बढेको विषय समुद्रको सतह बढेर समुद्र नजिक रहेका देशहरुको अस्थित्व नै खतरामा पर्न लागेको विषय, जलवायु परिवर्तनको असर या पर्यावरणीय विनासका कारणले स्थानीय नश्लका जीवजन्तु एवं वनस्पतिहरु नष्ट हुँदै गएको विषय, हिम श्रृंखला पग्लिएर समुद्रको  सतहबढ्न थालेको र तापक्रम बढ्न थालेको र थुप्रै जीवजन्तुहरु विनास हुने प्रक्रिया शुरु भएको यो मुद्दालाई हामी नेपालजस्तो हिमालको काखमा देशले कसरी लिने ?

समाजवाद र पुँजीवादको एउटा मूलभूत भिन्नता भनेको पुँजीवादको मुख्य ‘इन्सेटिभ्स’ भनेको नाफा हो । जसरी हुन्छ, नाफा धेरैभन्दा धेरै कमाउने । समाजवादको मुख्य विशेषता भनेको समाजको संरक्षण, प्रकृतिको संरक्षण र योजनावद्ध विकास, यो नै समाजवाद हो । सरल भाषामा भन्दा पुँजीवाद भनेको नाफाका निम्ति हो । समाजवादको मूल  ‘इन्सेटिभ्स’ समाज हो र त्यसको हित गर्ने कुरा हो र त्यसको योजनावद्ध विकास हो ।

हाम्रो हिमाल पनि पग्लन सुरु भएको छ । जलवायु परिवर्तनको असरस्वरुप हामीले केही वर्षदेखि अस्वाभाविक खालका प्राकृतिक विपदको सामना गर्नुपरेको छ । नआउनुपर्ने बेलामा ठूलो बाढी आइदिन्छ, पानी नपर्ने बेलामा ठुल्ठुलो हुरीबतास आइदिन्छ । त्यसले ठुल्ठुलो क्षति गर्छ । भूस्खलन, भूकम्पदेखि अरु थुप्रै थुप्रै । यी सबैमा अन्तरराष्ट्रियरुपमा जुन सिस्टम चलेको छ, हामीले भन्दा पुँजीवादी सिस्टम नै अहिले हावी छ । यो सिस्टम वायुमण्डलमा कार्बन उत्सर्जन गर्नेदेखि लिएर यो तापक्रम वृद्धिमा कति जिम्मेवार छ त ?

अहिले विभिन्न किसिमका रोगव्याधि लाग्न थालेका छन् । पुँजीवादले विकसित गरेको खाद्यान्न, फास्टफुड या अरु थुप्रैखालका, जसले मानिसहरुलाई रोगहरु व्यापकरुपमा लाग्न थालेको छ । हामीले अहिले डाइबिटिज नभएको भेट्न गाह्रो । ब्लड प्रेसर नभएको भेट्न गाह्रो । क्यान्सर आम रोग बन्दै गएको छ दिन प्रतिदिन । किड्नी खराब हुने, मुटुको रोग लाग्ने आदि इत्यादि अस्वाभाविक ढंगले संसारभरि वृद्धि भएको छ । यसमा यो पुँजीवादले विकास गरेको सिस्टम कति जिम्मेवार छ ? र, अर्को समाजवादी सिस्टम कति सम्भव छ ? 

समाजवाद र पुँजीवादको एउटा मूलभूत भिन्नता भनेको पुँजीवादको मुख्य ‘इन्सेटिभ्स’ भनेको नाफा हो । जसरी हुन्छ, नाफा धेरैभन्दा धेरै कमाउने । समाजवादको मुख्य विशेषता भनेको समाजको संरक्षण, प्रकृतिको संरक्षण र योजनावद्ध विकास, यो नै समाजवाद हो । सरल भाषामा भन्दा पुँजीवाद भनेको नाफाका निम्ति हो । समाजवादको मूल  ‘इन्सेटिभ्स’ समाज हो र त्यसको हित गर्ने कुरा हो र त्यसको योजनावद्ध विकास हो ।

अहिलेका सबै विकसित घटनाक्रमहरुले विकल्प खोज्नुपर्नेतिर हामी गएका छौँ । भनियो केही वर्ष अगाडि शीतयुद्धको अन्त्य भएपछि औपचारिकरुपले नै सोभियत संघको विघटन, पूर्वी युरोपका समाजवादी देशहरुको विघटनपछि अब पुँजीवादको विश्वव्यापी विजय भयो, अब विचारधाराको अन्त्य भयो, अब साम्यवाद फेरि आउन सक्दैन भन्नेजस्ता निकै ठूलो प्रचार नवउदारवादीहरुले गरे । तर, सन् २००८ मा पुग्दा नपुग्दै एक दशकमा भयानक आर्थिक संकटको सामना गर्नुपर्यो । विकसित पुँजीवादी देशहरुमै सबभन्दा बढी त्यसको मार परेर लाखौँको संख्यामा मजदुरहरु बेरोजगार भए । कम्पनीहरु टाट पल्टिए । हाहाकार मच्चियो ।

बडो अरुलाई निजीकरण र उदारीकरण, बजार अर्थतन्त्र, स्वतन्त्र बजार भन्नेहरु पनि तेस्रो विश्वमा त्यो प्रेस्क्रिप्सन बाँड्ने देशहरु नै अबचाहिँ राज्यका तर्फबाट ठुल्ठुला अनुदान दिएर, ऋण दिएर कम्पनीहरुलाई बचाउने कोशिस गर्ने र संरक्षणवादको नीति अपनाउन थाले उनीहरु नै । अनि हामी तेस्रो विश्वका भनिने अल्पविकसित वा विकासशील देशलाई चाहिँ निजीकरण, उदारीकरण, अब राष्ट्रिय सीमा भत्कियो, अब सीमानाको केही अर्थ छैन, अब राष्ट्रियता भन्ने रहेन, अब हामी भूमण्डलीकृत भयौँ, भन्ने र हाम्रा साधन स्रोत र सस्तो श्रमचाहिँ लिने, रहामीलाई उदार अर्थनीति अपनाउनुपर्यो, अनिमात्रै तिमीहरुको विकास हुन्छ भन्ने । आफूचाहिँ संरक्षणवादको नीति अपनाउने !

तपाई हामीले अमेरिका या युरोपमै हेर्यौँ भने राज्यले धेरै ठाउँमा अनुदान दिने, संरक्षण गर्ने, शिक्षा स्वास्थ्यलाई राज्यले विशेष ढंगले जिम्मा लिने गरेको देखिन्छ । तर, हामीलाई चाहिँ सब छाडिदिनुपर्यो भन्ने गरिन्छ । यो के हो भन्ने कुरा पनि हामीले राष्ट्रिय सम्मेलनमा समीक्षा गर्न खोजेका छौँ । यो के चिज भएको हो त ? यसबाट नेपाललगायत नेपालजस्ता देशहरुको अर्थतन्त्र, राजनीति, संस्कृति, प्राकृतिक साधन स्रोत, यी सबै चिजमाथि परेको असरको खोजी गर्नेतिर हामी लागेका छौँ ।

हामी अलिकति नयाँ विचारतिर जान जरुरी छ । हामीले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न संविधानसभाको निर्वाचन गर्न अनि नयाँ संविधानअनुसार नयाँ निर्वाचन गर्न, तराई मधेस पहाड सबैलाई पनि मिलाएर अगाडि लैजान भूमिका खेल्यौँ । तर, अब आर्थिक विकास र समृद्धिको निम्ति, समाजवादतिरको यात्राको निम्ति, सामाजिक न्यायको निम्तिचाहिँ अहिलेको अन्तरराष्ट्रिय परिस्थिति, विज्ञान प्रविधिले पारेको असरदेखि, वित्तीय पुँजीवादको असरदेखि वायुमण्डलमा आएको पर्यावरणीय संकट, यी तीन–चारवटा विषय मूलभूतरुपमा छन्, जसले मानव जातिलाई र पृथ्वीको अस्थित्वमाथि नै धावा बोलेको स्थिति देखिन्छ । हामी यसमा छलफल गर्छौँं । हामीले यी विषयमा लिडरसीपमा छलफल पनि गर्यौँ । र, यस ढंगले त्यसलाई प्रस्तुत गर्दैछौँ । यो हाम्रो राष्ट्रिय सम्मेलनको एउटा पक्ष छ ।

फेरि यसलाई उल्ट्याउनुपर्छ भन्नेहरु पनि चुप लागेर बसेका छैनन् । सदनभित्र हेर्यौँ भने झण्डै–झण्डै विचित्रको जात्रा पनि भन्न सकिन्छ । प्रतिपक्षी पार्टीले सदन अवरुद्ध गरेको छ । कारण केही पनि छैन । कारणचाहिँ त्यहाँ माधव नेपाल देखिनुहुँदैन भन्ने छ उहाँहरुको ।

राष्ट्रिय परिस्थिति  : दुई ध्रुव आमने–सामने हुन खोज्दैछन्

यतिबेला नेपालको राजनीतिमा दुई ध्रुवजस्तो, दुई धाराजस्तो, दुईवटा प्रवृत्ति एक अर्कासँग आमने–सामने हुन खोजेको हो कि जस्तो देखिन्छ ।

एउटा– यो परिवर्तन संघीय, लोकतान्त्रिक गणतन्त्रको रुपमा आयो, यो ठीक छैन, धर्मनिरपेक्षता ठीक छैन, यो समावेशिता भन्ने पनि ठीक छैन, कहीँ न कहीँ मौका पायो भने यसलाई उल्ट्याउनुपर्छ भन्ने विचार, प्रवृत्ति, राजनीतिक धारा देखिएको छ ।

अर्को– यो संविधान ठूलो संघर्ष र बलिदानपछि आएको हो, यसको रक्षा गर्नुपर्छ, लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्छ, राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्दै जानुपर्छ र संविधानलाई अझ परिमार्जन, संशोधन गर्दै अगाडि बढ्नुपर्छ, यो अपर्याप्त छ भन्ने पनि एउटा धारा छ ।

पोहोर साल पुस ५ गतेदेखि प्रतिनिधिसभा विघटन भयो र त्यसका विरुद्ध संघर्ष भयो । त्यो विघटन गलत छ भन्ने र विघटन जायज छ भन्नेमा नेपालको राजनीति र समाज एक ढंगले ध्रुवीकृत भयो । तर, जनमत, सबै तह, तप्का र मिडिया जगतसमेत सबै प्रतिगमनका विरुद्ध नै खडा भए । परिवर्तनलाई आत्मसाथ गर्न नसक्ने सानो संख्या मात्रै वा आफ्नो निहीत स्वार्थद्वारा उत्प्रेरित भएका केही नेताहरु मात्रै विघटनको पक्षमा थिए भन्ने कुरा सावित पनि भयो । देशव्यापी आन्दोलन, अभियानमा हामी आफैंले पनि धेरै मेहनत गरेर नेतृत्व निर्माण गर्ने कोसिस पनि गर्यौँ । आन्दोलन भयो र अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना भयो ।

दोस्रोपटक फेरि संसद विघटन भयो । कोरोनाको दोस्रो लहरका कारण हामी त्यसपटक सडकमा जान सक्दैनथ्यौँ ।  हामीले दलहरुबीच मोर्चाबन्दी गर्ने, संसदभित्र बहुमत पुर्याउने र अदालतलाई रिट दियौँ र अन्ततः त्यसमा पनि हामी सफल नै भयौँ । प्रतिनिधिसभा फेरि पुनस्थापना भयो । सरकार पनि नयाँ बनेको छ र हामी अगाडि बढ्दैछौँ ।

तर, फेरि यसलाई उल्ट्याउनुपर्छ भन्नेहरु पनि चुप लागेर बसेका छैनन् । सदनभित्र हेर्यौँ भने झण्डै–झण्डै विचित्रको जात्रा पनि भन्न सकिन्छ । प्रतिपक्षी पार्टीले सदन अवरुद्ध गरेको छ । कारण केही पनि छैन । कारणचाहिँ त्यहाँ माधव नेपाल देखिनुहुँदैन भन्ने छ उहाँहरुको । जबकि त्यो कुरा अदालतले आफ्नो फैसलामा ह्वीप लाग्दैन भनेर फैसला गरिसकेको छ । निर्वाचन आयोगले बकाइदा मान्यता दिइसकेको छ । सदनले त्यसलाई स्वीकारेर बैठक भइसकेको छ । तर, उहाँहरु ती कुरा नहुँदासम्म हामी चल्न दिन्नौँ भनिराख्नुभएको छ ।

यसो हेर्दा हामीलाई लाग्छ, पहिलो प्रतिनिधिसभा विघटन, दोस्रो विघटन, यो तेस्रो विघटनको प्रक्रिया बनाउन खोजेको हो । विघटनकै निरन्तरता दिन खोजिएको छ, हामी विघटन हुन कुनै पनि हालतमा दिँदैनौँ । यसलाई पूरै अवधि चलाएर देशलाई निर्वाचनतिर लैजाने हो भनेर लागिराखिएको छ । यो पनि आफैंमा एउटा चुनौतीपूर्ण स्थिति पनि छ । राष्ट्रिय सम्मेलनमा हाम्रो ध्यान यसमा पनि छ ।

हाम्रो गोल त समाजवाद हो नै । हाम्रो रणनीति समाजवाद नै हो । यसको आधार तयार पार्ने कुरा हाम्रो संविधानले पनि दिएको छ । तर, राष्ट्रिय–अन्तरराष्ट्रिय परिस्थिति, हाम्रो विकासको अवस्थामा समाजवादी कार्यक्रम अहिले नै लागू गर्न सक्ने परिस्थिति छ त  भन्दा होइन । त्यो छैन । अहिले समाजवाद उन्मुख हुने कुरा हो ।

समाजवाद रणनीति हो, कार्यनीति होइन

हामीले संविधानमा समाजवादउन्मुख राज्य हुनेछ भन्ने कुरा लेख्यौँ । सबैको सहमतिले नै त्यो बनायौँ । हाम्रो अहिलेको नीति भनेको समाजवाद लागू गर्ने होइन नेपालमा । माओवादी पार्टीले समाजवाद भन्दै गर्दा हतारिएर, परिस्थिति परिपक्व नभइकन समाजवाद लागू गर्ने, समाजवादी क्रान्तिको कुरा गरेको हो कि भन्ने भ्रमचाहिँ नरहोस् ।

तपाईहरुले दस्ताबेजमा पनि देखिहाल्नुहुन्छ, नेपालको आजको परिस्थितिमा तत्काल समाजवाद लागू हुने स्थिति छैन । तत्काल समाजवादी क्रान्ति अगाडि बढ्ने स्थिति पनि छैन । अहिले हुने भनेको रणनीति चाहिँ हाम्रो समाजवाद नै हो अहिले हामी व्यवहारमा जाने तत्कालको कार्यनीति भनेको समाजवाद उन्मुख स्वतन्त्र, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने कुरा हो । समाजवादको आधार तयार पार्ने कुरा हो भनेका छौँ । सामाजिक न्यायसहित जाने कुरा हो भनेका छौँ । त्यसकारण के भ्रम नहोस् भने समाजवादमा हत्त न पत्त परिस्थिति नै नभइकन जान खोजिहालेको हैन ।

यदि गठबन्धन तोड्ने हो भने काँग्रेसलाई एकलौटी सरकार चलाऊ तिमी, हामी बाहिरबाट समर्थन गर्छौँ भन्या छन् । अस्तिसम्म हामीलाई आरोप लगाइयो, वामपन्थी भन्नेहरु काँग्रेससँग मिल्न गए..। अहिले काँग्रेसलाई एकलौटी सरकार चलाऊ, हामी एमसीसी पनि पास गर्दिन्छौँ र हामी काँग्रेसलाई एकलौटी सरकार चल्न पनि दिन्छौँ भनेपछि के भयो त राजनीति ?

हाम्रो गोल त समाजवाद हो नै । हाम्रो रणनीति समाजवाद नै हो । यसको आधार तयार पार्ने कुरा हाम्रो संविधानले पनि दिएको छ । तर, राष्ट्रिय–अन्तरराष्ट्रिय परिस्थिति, हाम्रो विकासको अवस्थामा समाजवादी कार्यक्रम अहिले नै लागू गर्न सक्ने परिस्थिति छ त  भन्दा होइन । त्यो छैन । अहिले समाजवाद उन्मुख हुने कुरा हो ।

त्यसकारण जसरी संविधानले निजी, सार्वजनिक र सहकारी समायोजनबाट अर्थतन्त्र विकास गर्ने कुरा गरेको छ, त्यही मूल नीति अन्तरगत नै हामीले समाजवादका भ्रुणहरु गाउँगाउँ टोलटोलबाट बनाऔं समाजवादका । सामुहिक उत्पादन, सामुहिक श्रम, सामुहिक खेतीजस्ता जनतालाई फाइदा पुग्ने खालका, उनीहरुको व्यक्तिगत स्वामित्व पनि रहने, सामुहिक श्रम पनि हुने, सामुहिक जीवनको सुरुआत पनि हुने । कहीँ न कहीँ, कसै न कसैले सुरु त गर्नुपर्यो । आफूलाई समाजवादी भन्ने तयार व्यवहारमा नगर्ने हुन भएन । यसमा चाहिँ हामी गम्भीर छौँ । तर, तत्कालै समाजवाद लागू भइहाल्छ भन्ने कुराचाहिँ होइन ।

पार्टी रुपान्तरणको प्रश्न

यो पार्टीलाई विचारअनुसार रुपान्तरण गर्ने कोशिस हुन्छ । जनताको घरमा, श्रमिक वर्गसम्म पुगेर हामीले जनतालाई घच्घच्याउने, आन्दोलित गर्ने वा बलिदान गर्ने उत्प्रेरणा दियौँ । तर, अहिले हामी त्यो परिस्थितिबाट टाढा त भइरहेका होइनौँ ? यसबारे पनि यो राष्ट्रिय सम्मेलनले गम्भीर समीक्षा गर्नेछ ।

अब हामी कतातिर जाँदैछौँ भने हामी सामुहिक जीवनतिर, श्रमिक र किसानहरुसँग एकाकार हुने कार्यक्रमतिर । यो यान्त्रिक र नाटकीयरुपमा त हुँदैन, निश्चित योजनाअन्तरगत निश्चित अवधिका लागि जनतासँगै बस्ने । उत्पादन कार्यमा पनि सहभागी हुने । श्रम कार्यमा पनि सहभागी हुने । उनीहरुसँगै खाने, उनीहरुसँगै बस्ने । नेता कार्यकर्ताहरुको टीमै जाने । अनि समाजवादबारे, देशलाई कसरी राष्ट्रिय स्वाधीनता सुदृढ गर्ने, कसरी आर्थिक समृद्धि तलैबाट गर्ने, कसरी हाम्रो प्राकृतिक साधन स्रोतको संरक्षण गर्ने र नेपाली समाजवादको मोडेल के हुने भन्नेबारेमा फिल्डमै बसेर छलफल गर्दै एउटा नयाँ प्रक्रियातिर हामी प्रस्तावित गर्दैछौँ ।

रुपान्तरण भनेर मात्रै हुँदैन । भन्न त धेरैचोटि भन्यौँ । अब यसलाई निश्चित योजना र कार्यक्रममा ढालेर ‘सेड्युल’ अनुसार प्रमुख नेतादेखि नेतृत्वका सबै लिडरहरु, प्रदेशसम्मका पनि फिल्डमा जाने, शहर बजारका पनि मजदुर बस्तीहरुमा जाने, फ्याक्ट्रीहरुमा जाने । त्यहीँ काम गर्ने, बस्ने, हेर्ने । त्यहीँ समाजवादबारे कुरा गर्ने , सामाजिक न्यायको कुरा गर्ने । आर्थिक विकासको कुरा गर्ने  । उत्पादन विकासका मोडेलहरुका बारेमा कुरा गर्ने । श्रमसँग प्रत्यक्ष गाँसिने र जनताको के भावना छ त अहिले भन्ने कुरा सबै नेता– कार्यकर्ताले बुझ्ने वातावरण बनाउने कुरालाई पनि योपटक हामीले राष्ट्रिय सम्मेलनमा विषय बनाएर प्रस्तुत गर्दैछौँ । यो खाली जनतासँग जोडिने कुरामात्रै हैन, हाम्रो आफ्नै पार्टीका नेता र कार्यकर्तालाई रुपान्तरण गर्ने, क्रान्तिकारी रुपान्तरण भन्छौँ हाम्रो भाषामा ।

समाज र राष्ट्रको वृहत्तर हितको निम्ति हाम्रो विरासत भनेको त्याग र बलिदान हो । तर, यता शान्ति प्रक्रियामा आएपछि कहीँ न कहीँ हामीभित्र पनि केही न केही प्रदूषण, केही न केही विसंगतिहरु देखा पर्न खोजे भन्ने हाम्रो चिन्ता छ । र, यसलाई करेक्सन गर्ने दायित्व अरुबाट भन्दा हामीले आफैंबाट सुरु गर्नुपर्छ । राष्ट्र र जनतालाई नयाँ ठाउँमा लान हामी आफैं नयाँ बनेर मात्रै गर्न सकिन्छ भन्नेतिर पनि हाम्रो ध्यान छ । र, हामी यो कोसिस गर्दैछौँ । यिनै मूलभूत विषयमा हाम्रो राष्ट्रिय सम्मेलनको ‘ओरियन्टेसन’ त्यतातिर लान हामी बल गर्दैछौँ ।

हामीलाई एउटा नयाँ संश्लेषण, नयाँ विचारको खाँचो छ । तर, यसो गर्दा हिजोको समीक्षा ठीक ढंगले गर्न पनि आवश्यक छ । र, हामी कहाँ छौँ भन्दा प्रचण्डपथ जुन तरिकाबाट छोडियो, त्योभन्दा भिन्न तरिकाबाट बहस छलफल गरेर, अब यसरी हामी अगाडि जाने हो भन्ने कुराको पनि चित्र बनाएर गरेको भए बढी राम्रो हुन्थ्यो भन्नेसम्म चाहिँ हामी छौँ ।

हामी जनवादी केन्द्रीयतावाला हौँ

जसरी पनि चुनाव गरेर जित्ने कुराले नेतृत्व बनाउँछ भन्ने हामीलाई लाग्दैन । जनवाद वा डेमोक्रेसीको अभ्यासविना सही नेतृत्व आउँछ भन्ने पनि हामीलाई लाग्दैन । त्यसकारण हामी जनवादी केन्द्रीयता भन्छौँ । कोही पनि पुँजीवादी पार्टीहरुले जनवादी केन्द्रीयता भन्दैनन् । कम्युनिस्ट पार्टीले मात्रै भन्छ, जनवादी केन्द्रीयता । जनवाद र केन्द्रीयताको फ्युजनबाट नेतृत्व विकसित बन्छ र आन्दोलनले बनाउँदै लान्छ ।

सधैं एउटै हुनुपर्छ भन्ने त होइन । हामी फेरि जुन प्रक्रियाबाट आएका छौँ, निर्वाचनको पनि अभ्यास र मूल्यांकनको पनि अभ्यास गर्ने एउटा पार्ट छ । अर्को, आम कार्यकर्ताले के भन्छन् भन्ने पार्ट पनि छ । यी दुईवटै पार्ट जनवादी केन्द्रीयतासँग सम्बन्धित छन् । त्यसकारण हामी निर्वाचन हुनुहुँदैन भन्नेवाला चाहिँ होइनौँ । हामी जनवादी केन्द्रीयतावाला हौँ ।

प्रचण्डपथबारे

जनयुद्धमा हामी हुँदै गर्दा पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट प्रचण्डपथको विधिसम्मत निर्णय भएको हो ।  अहिले फेरि एकचोटि समीक्षा गर्ने क्रममा यो विषय उठेको छ । हामीले स्थायी कमिटीको बैठकमा छलफल पनि गर्यौँ । हामीले शान्ति सम्झौतामा आइसकेपछि र कम्युनिस्टहरुको बृहत्तर एकताको महसुस गरेपछि यसलाई स्थगन गरियो । स्थगनको प्रक्रियामा केही प्राविधिकखालका, केही सांगठानिकखालका, केही गहन छलफल नपुर्याइकन गरियो । त्यसले गर्दा राम्रो भएन भन्नेसम्ममा चाहिँ हामी छौँ । तर, अब फेरि प्रचण्डपथ ल्याउनुपर्छ भन्ने चाहिँ हाम्रो विल्कुल होइन । किनभने त्यो हिजो एउटा परिस्थितिको, एउटा चरणको कुरा थियो । अब हामी नितान्त भिन्न परिस्थितिमा, भिन्न चरणमा छौँ ।

हामीलाई एउटा नयाँ संश्लेषण, नयाँ विचारको खाँचो छ । तर, यसो गर्दा हिजोको समीक्षा ठीक ढंगले गर्न पनि आवश्यक छ । र, हामी कहाँ छौँ भन्दा प्रचण्डपथ जुन तरिकाबाट छोडियो, त्योभन्दा भिन्न तरिकाबाट बहस छलफल गरेर, अब यसरी हामी अगाडि जाने हो भन्ने कुराको पनि चित्र बनाएर गरेको भए बढी राम्रो हुन्थ्यो भन्नेसम्म चाहिँ हामी छौँ ।

एमसीसीबारे

तत्कालको राजनीतिमा एमसीसी आएको छ । एमसीसी के गर्ने भन्ने कुरा भइराखेको छ । जसले सदन अवरुद्ध गर्यो, पटक–पटक विघटन गर्यो, उसले भन्या छ, तिमीहरु गठबन्धन तोड्छौँ भने एमसीसी पास गर्दिन्छु । यो सबैले सुनिराखिएको छ । यो कस्तो राजनीति हो ? गठबन्धन तोडे चाहिँ पार्टीले पोजिसन बनाउने ! पार्टीले त आफ्नो पोजिसन पो पहिला क्लियर गर्ने हो । तिमीहरु फुट्छौ भने म यसो गर्छु, फुट्दैनौ भने त्यसो गर्छु भन्ने !

यदि गठबन्धन तोड्ने हो भने काँग्रेसलाई एकलौटी सरकार चलाऊ तिमी, हामी बाहिरबाट समर्थन गर्छौँ भन्या छन् । अस्तिसम्म हामीलाई आरोप लगाइयो, वामपन्थी भन्नेहरु काँग्रेससँग मिल्न गए..। अहिले काँग्रेसलाई एकलौटी सरकार चलाऊ, हामी एमसीसी पनि पास गर्दिन्छौँ र हामी काँग्रेसलाई एकलौटी सरकार चल्न पनि दिन्छौँ भनेपछि के भयो त राजनीति ? अस्ति भनेको कुरा र आज भनेको कुरामा कुनै तालमेल छ त ? कहीँ पनि तालमेल देखिँदैन । यसमा पनि हाम्रो ध्यान छ ।

हुन त केही केही मान्छेले यो माओवादी पार्टी र प्रचण्ड नसिद्धिएसम्म देशले सुख पाउँदैन भनेर पनि ठूला–ठूला विद्वान भनिनेहरूले भनेको पनि सुनेको छु । तर, उनीहरुलाई जति घृणा भए पनि यो देशमा माओवादी भन्नेचाहिँ अझै कैयौँ शताब्दीसम्म यसको भुतले तिनलाई सताइराख्छ । शान्तिसँग सुख पाउलान् जस्तो चाहिँ मलाई लागेको छैन ।

हुन त केही केही मान्छेले यो माओवादी पार्टी र प्रचण्ड नसिद्धिएसम्म देशले सुख पाउँदैन भनेर पनि ठूला–ठूला विद्वान भनिनेहरुले भनेको पनि सुनेको छु । तर, उनीहरुलाई जति घृणा भए पनि यो देशमा माओवादी भन्नेचाहिँ अझै कैयौँ दशाब्दीसम्म यसको भुतले तिनलाई सताइराख्छ । शान्तिसँग सुख पाउलान् जस्तो चाहिँ मलाई लागेको छैन ।

एमसीसीबारे नेपालको आर्थिक विकासको निम्ति, पूर्वाधार विकासको निम्ति हाम्रा मित्र देशहरुले दिएको सहयोग हामीले नलिने भन्ने कहीँ कतै छैन । हामीले सहयोग लिँदै आएकै हौँ, लिन्छौँ । तर, एमसीसीको विषयमा केही प्रश्न उठ्यो । त्यो पनि ओरिजिनल सहमति र पछि ओली प्रधानमन्त्री भएर अर्थमन्त्री युवराज खतिवडा भएका बेलामा जे सम्झौता गरिएछ, त्यसले शंका उत्पन्न गराइदिएको छ ।

अनि मान्छेहरुले गहिरो अध्ययन गर्दा ओरिजिनल सहमतिमै पनि केही विषयहरु अस्पष्ट रहेछन् भन्ने भएको छ । त्यसकारण हामीले हाम्रो पार्टीका तर्फबाट गठबन्धनमा पनि र प्रधानमन्त्रीजीलाई पनि यो विषयमा सर्वदलीय बैठक बसेर पनि छलफल गर्न जरुरी छ, गठबन्धनभित्रै बसेर पनि छलफल गर्न जरुरी छ ।

मैले त सम्पादकहरुसँग, नागरिक समाज, सेलेक्टिभ बुद्धिजीवीहरुसँग र प्रमुख नेताहरुसँग पनि बसेर छलफल गर्न जरुरी छ भनेको छु । तपाईहरुले देख्नुभयो त्यहीअनुसार सर्वदलीय बैठक प्रधानमन्त्रीजीले बोलाउनु पनि भयो । मैले नै प्रधानमन्त्रीजीलाई यो विषयमा अलिकति स्पष्ट नपारिकन, सबै पार्टीहरुका वीचमा एउटा सहमति नबनाइकन र सम्भव हुनेसम्म परिमार्जन र संशोधन नगरिकन जबर्जस्ती गर्नुहुँदैन भनेको छु । त्यसो गरेर केही फाइदा छैन देशलाई पनि र जनतालाई पनि ।

अस्ति गठबन्धनको बैठक बसियो । गठबन्धनमा छलफल भयो । छलफलपछि फेरि एकचोटि सबै डकुमेन्ट एकचोटि हेरौँ, कहाँ–कहाँ हो त करेक्सन नगरी नहुने, त्यो पत्ता लगाऔं भनेर कमरेड नारायणकाजी श्रेष्ठ, कमरेड झलनाथ खनाल र माननीय मन्त्री ज्ञानेन्द्रबहादुर कार्की तीनजनाको कार्यदल हामीले बनाएका छौँ । उहाँहरु एकचोटि बसिसक्नुभो । डकुमेन्ट संकलन गर्दै हुनुहुन्छ । फेरि १७ गते बैठक बस्दै हुनुहुन्छ । त्यहाँबाट आउँछ र त्यो कुराको समाधान सकारात्मक होस् भन्ने हाम्रो चाहना छ । नकारात्मक होस् भन्ने त होइन । तर, क्लियर त हुनपर्यो । जनतामा पनि भरोसा हुनपर्यो ठीकै छ भन्ने । त्यो नआइकन जबरजस्ती गर्नहुँदैन भन्ने हो हाम्रो ।

गठबन्धन टुट्दैन

यसमा के छ भने एकसीसीकै कारण गठबन्धन टुट्छ कि ? एकथरिले त टुटाउन खोजेकै छन् । तर, हाम्रो विश्वास के छ भने टुट्दैन । एमसीसीको कारणले गठबन्धन टुट्दैन । हामीलाई एमसीसीको बारेमा फाइनलमा पुग्न अझै केही समय लाग्न सक्छ । किनभने, प्रमुख प्रतिपक्षले सदन अवरोध गर्दा पनि गाह्रो छ टेक्निकल रुपमा । त्यहाँ पनि म्यानेज गर्नुपर्ने छ ।

त्यसकारण यसमा सहमति भएन भने गठबन्धन टुट्छ कि भन्ने जुन प्रश्न उठ्ने गरेको छ, मैले प्रधानमन्त्री शेरबहादुरजीसँग धेरैपटक धेरै कुरा गरेको छु । उहाँको छिटो पास होस् भन्ने त छ नै, तर यहाँ गठबन्धनमा भनेको जस्तो भएन, ढीलो भयो भनेर उहाँ हतारमा अन्ततिर जानुहुन्छ भन्नेचाहिँ म कहीँ कतै देख्दिनँ । त्यसले मुलुकलाई, न काँग्रेसलाई फाइदा पनि हुँदैन ।

त्यसकारण गठबन्धनभित्र जो छलफलको प्रक्रिया सुरु भएको छ, यसलाई एउटा निचोडमा पुर्याउनुपर्छ र त्यो निचोडअनुसार अगाडि जानुपर्छ । यसमा नेपाली काँग्रेसले दायाँ–वायाँ गर्ने स्थिति हुन्छ भन्ने मलाई लाग्दैन ।    

तर दुर्भाग्य, विपक्षी नेता (केपी शर्मा ओली) प्रधानमन्त्रीले बोलाएको बैठकमा आउनुहुन्न । यो त अलि अति नै भयोजस्तो हामीलाई लागेको छ । एकपटक हैन, दुईपटक हैन, पटक–पटक प्रधानमन्त्रीले बैठक बोलाउने सर्वदलीय, तर विपक्षी नआउने ।

मैले एकचोटि प्रधानमन्त्रीजीलाई भनें, प्रधानमन्त्रीज्यू उहाँ आउनुहुन्न उहाँ व्यस्तै हुनुहुन्छ होला, तपाई र म नै बालकोट जाऔं र यो सदन पनि यसरी रोकिदिन भएन भनौँ र अरु विषयहरु पनि हल गरौँ भन्या छु मैले । उहाँले महाधिवेशनपछि भन्नुभएको थियो, उहाँको महाधिवेशन सकिएको छ, अब हाम्रो पनि सकिन्छ र जरुरी पर्यो भने हामीले त्यतिसम्म पनि सोचिराखेका छौँ । यी विषयहरुमा हाम्रो राष्ट्रिय सम्मेलनको ध्यान छ ।

प्रचण्ड नभए पनि माओवादी सकिँदैन

नेतृत्वको कुरा गर्दा झण्डै २५/३० वर्ष म, कमरेड किरण, बाबुराम भट्टराई, पोष्टबहादुर बोगटीलगायत सिनियर नेताहरु एउटै कमिटीमा बस्यौँ । र उत्तराधिकारीहरुको पनि तयारी गर्ने भनेर हामीले धेरै छलफल गरेका छौँ । र, हजारौँ नेता कार्यकर्ताहरुको टीम तयार पार्ने प्रक्रियामा पनि हामी गएका हौँ, छन् पनि अहिले । अहिले वीचमा  कन्फ्युज जस्तो भएको त साँचो हो । तर, हेर्यौँ भने फेरि हजारौँ नेता कार्यकर्ताको जमात छ ।

म एउटा कुराचाहिँ के भन्न चाहन्छु भने मैले यो संविधान बन्नु अगाडि एकचोटि बाबुराम भट्टराईजी अध्यक्ष हुनोस् भनेर प्रस्ताव गरेको थिएँ । त्यो पनि एउटा प्रयोग किन नगर्ने भन्ने पनि भएको थियो । तर, तत्काल पार्टी वैचारिक, राजनीतिक, सांगठानिक, सांस्कृतिक रुपले त्यसको पृष्ठभूमि तयार भइसकेको थिएन ।

मेरो भनाइ के हो भने अहिले पनि हाम्रो बाँचुञ्जेल अध्यक्ष भइराख्नुपर्छ भन्ने बुझाइ पनि छैन । र, आजको देशको राजनीतिक अवस्था जस्तो छ, विचारलाई परिमार्जन गर्ने हाम्रो सामुहिक प्रयासभित्र मेरो भूमिका जहाँनेर छ, अझै केही वर्ष मैले यो भूमिकालाई निर्वाह गर्नुपर्छ भन्ने मलाई पनि लाग्छ, हामी सबै लिडरसिपको साथीहरुलाई लागेको छ । पार्टी पंक्तिलाई पनि लागेको छ । मलाई लाग्छ, जनताको पंक्तिलाई पनि लागेको छ । त्यसकारण यो व्यक्तिगत ईच्छा र रहरको कुरा होइन । सामुहिक नेतृत्वको केन्द्रिकृत अभिव्यक्तिका रुपमा यो देशलाई स्थायित्व र विकासतिर लैजानका लागि प्रचण्डको भूमिका आवश्यक छ भन्ने ठहर हो पार्टीको ।

आजभोलि गर्दै केही वर्षपछि त्यो सिंह गर्जिनुपर्ने बेला आउन थाल्यो । तर, गर्जिनुपर्ने बेलामा त्यसले पनि भ्या भ्या गर्न थाल्यो । अनि अरु भेडाहरुजस्तै बिस्तारै त्यसले (सिंहले) पनि घाँस खान थाल्यो । घाँस खान्छ, भ्या भ्या गर्छ । शरीर त सिंहको जस्तै बढेर आयो । सिंह त फेरि सिंहै हो ।

कतिपय साथीहरुले सोच्नुहुन्छ, म नभएपछि त माओवादी पार्टी नै रहँदैन कि ? मलाई विल्कुल त्यस्तो लाग्दैन । माओवादी पार्टीभित्र क्षमता भएका नेताहरु स्थायी समितिमा पनि, केन्द्रीय समितिमा पनि र तल पनि हजारौँको संख्यामा छन् । त्यसकारण प्रचण्ड नरहँदैमा माओवादी पार्टी रहँदैन भन्ने कुराचाहिँ विल्कुल यान्त्रिक र जड सोचाइ हो । म त के ठान्छु भने हामी कोही पनि भएनौँ भने पनि फेरि माओवादी पार्टी बनिराख्छ ।

नेपालको इतिहासमा जनयुद्ध, शान्ति सम्झौता, संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा र यहाँसम्म ल्याउने प्रक्रियामा माओवादी आन्दोलनको जो भूमिका हो, हामी सबै सिद्धिए पनि अर्को आउँछ र फेरि माओवादी पार्टी बनाउँछ । फेरि क्रान्तिकारी पार्टी बनाउँछ र अगाडि जान्छ ।

हुन त केही केही मान्छेले यो माओवादी पार्टी र प्रचण्ड नसिद्धिएसम्म देशले सुख पाउँदैन भनेर पनि ठूला–ठूला विद्वान भनिनेहरुले भनेको पनि सुनेको छु । तर, उनीहरुलाई जति घृणा भए पनि यो देशमा माओवादी भन्नेचाहिँ अझै कैयौँ दशाब्दीसम्म यसको भुतले तिनलाई सताइराख्छ । शान्तिसँग सुख पाउलान् जस्तो चाहिँ मलाई लागेको छैन ।

अब भेडा बन्दैनौँ

हामी अलि फरकै चिज हौँ हुन त । मैले एउटा कथा भनेको तपाईहरुले सुन्नुभयो होला, भेडा र सिंहको ।

सिंहको सानो बच्चा शिकार खेल्न आमासँग जाँदै गर्दा छुट्यो । सानो थियो, त्यो भेडाको बथानमा पस्यो । सानो भएको हुनाले भेडाहरु पनि त्योसँग डराउने कुरा पनि भएन । आफ्नो बथानसँगै त्यसलाई पनि लिएरै गए ।

आजभोलि गर्दै केही वर्षपछि त्यो सिंह गर्जिनुपर्ने बेला आउन थाल्यो । तर, गर्जिनुपर्ने बेलामा त्यसले पनि भ्या भ्या गर्न थाल्यो । अनि अरु भेडाहरुजस्तै बिस्तारै त्यसले (सिंहले) पनि घाँस खान थाल्यो । घाँस खान्छ, भ्या भ्या गर्छ । शरीर त सिंहको जस्तै बढेर आयो । सिंह त फेरि सिंहै हो ।

एकदिन शिकार गर्न आएको सिंहले भेडाको बथानलाई एट््याक गर्न जाँदा सिंह देख्छ त्यहाँ आफूजत्रै । तर,  ऊ थर्थर काम्दै भ्या भ्या गर्दै भेडासँग दौडिइराखेको छ । अनौठो लागेछ अर्को रियल शिकारीवाला सिंहलाई । त्यसैले उसले भेडा समात्न छाडेर त्यो सिंह समात्यो क्या !

के भएको तँलाई ? तँ त सिंह छस्, तर भेडाजस्तै थर्थर कामेर भागिराखेको छस् भ्या भ्या गर्दै ।

उसले भ्या भ्या गरिराखेछ । त्यसपछि समातेर लगेर इनारमा टाउको देखाउँदै भनेछ, हेर् त, तँ त सिंह होस् नि, कहाँको भ्या भ्या गरेको ?

एकछिन (इनारमा) हेरेपछि अनि जंगलै थर्किने गरी गर्जिन्छ र त्यसपछि ऊ सिंह बन्छ ।

‘बाइ द वे’ यो प्रशंग पूरै मिल्छ भन्ने त मेरो दाबी होइन, कता–कता भेडासँग हिँड्दा हामी पनि अलिअलि भेडा भइयो कि जस्तो लागेको छ । अब भेडा नहुने !

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।