सुदूरपश्चिममा थप पाँच जनामा कोरोना सङ्क्रमण
शनिबार, १० पुस २०७८, २० : २५
सुदूरपश्चिम प्रदेशमा शनिबार थप पाँच जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ३९७ को नमूना परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
एन्टीजेनमार्फत बैतडीका चार र कैलालीका एक जनामा सङ्क्रमण देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभर तीन जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।
यसअघि शुक्रबार यस प्रदेशमा १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुँदा चार जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ जनाको ज्यान गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)