बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

निजी क्षेत्र साझेदारीमा सरकारी रुग्ण उद्योगहरू सञ्चालन गरौँ : वरिष्ठ उपाध्यक्ष ढकाल

शनिबार, १० पुस २०७८, २० : १४
शनिबार, १० पुस २०७८

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रबीच साझेदारीमा बन्द रहेका सरकारी उद्योगहरू पुनः सञ्चालन गर्न सकिने बताएका छन् । शनिबार गोरखा उद्योग वाणिज्य संघको ४६औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकार र निजी क्षेत्रको बीचमा साझेदारी गरी गोरखकाली रबर उद्योग लगायतका बन्द तथा घाटामा रहेका उद्योगहरू सञ्चालन गर्न सकिने बताएका हुन ।

“यहाँ गोरखकाली रबर उद्योग सञ्चालनको कुरा उठेको छ । यस्ता उद्योगहरू धेरै बन्द अवस्थामा छन् । निजी क्षेत्र र सरकारबीच साझेदारी हुन सकेमा हामीले एउटा कन्सोर्टिएम बनाएर त्यस्ता उद्योगहरुमा लगानी गरी तिनीहरुलाई पुनः सञ्चालन गर्न सकिन्छ,” उनले भने । 

वरिष्ठ उपाध्यक्ष ढकालले पुँजीगत खर्च बढाउन बजेट खर्च गर्ने परम्परागत सरकारी तरिकामा परिवर्तन गर्न आवश्यक रहेको बताए । ढकालले सरकारी ढुकुटीमा खरबौ राजश्व जम्मा रहेको तर खर्च गर्ने पुरानो र परम्परागत शैलीका कारण खर्च बढ्न नसकेको जिकिर गरे । 

“अहिलेसम्म सरकारी ढुकुटीमा ४ खर्ब रुपैयाँभन्दा धेरै राजश्व संकलन भइसकेको छ । यो पौष मसान्तभित्र थप एक खर्ब रुपैयाँ राजश्व संकलन हुनेछ । तर राजश्व संकलन केन्द्रीकृत हुने र यसलाई खर्च गर्ने मेकानिजम नहुनाले बजारमा तरलताको समस्या देखा परेको छ,” उनले भने । 

गत पाँच महिनामा लक्ष्य भन्दा बढी राजश्व संकलन भएको बताउँदै उनले यसमा निजी क्षेत्रको योगदान ठूलो रहेको बताए । ढकालले सबै व्यवसायीहरुले नाफामात्र नहेरेको बताउँदै उनीहरुले समाजप्रति उत्तरदायी भएर गरेको सेवा भावनालाई पनि सबैले सम्मान गर्नुपर्ने बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप