एकीकृत समाजवादी माओवादीमा विलय हुँदैन : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्मै जाने बताएका छन् । दाङको भालुवाङमा शनिबार भएको पार्टीको लुम्बिनी प्रदेश बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, “हामी पाँच दलीय गठबन्धनले नै राष्ट्रियसभामा साझा उम्मेदवार बनाएर जानेछौँ । स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि सँगै जानेछौँ ।”
कुनै पनि एक दलको एकल बहुमत आउने सम्भावना कम रहेको भन्दै गठबन्धन गर्न आवश्यक रहेकोसमेत उनले बताए । अहिले एकीकृत समाजवादीलाई माओवादीमा विलय हुने भनी आरोप लाग्ने गरेको भन्दै त्यो कुरा सत्य नभएको समेत बताए । साथै उनले अबको केही समयमा स–साना वामपन्थी पार्टीबीच एकता हुनेसमेत बताए । “तत्काल कुनै पनि ठूला कम्युनिष्ट पार्टीसँग एकताको सम्भावना छैन”, उनले भने, “तर, साना केही दलसँग केही दिनमा एकता भएको सुन्नुहुनेछ, हामीले यही १३ गते काठमाडौँमा विभिन्न साना पार्टीसँग एकताको घोषणा गर्दैछौँ ।”
साथै उनले एमसीसी हुबहु पारित गर्न नहुनेसमेत बताए । “हामी कुनै पनि यस्ता कुरालाई स्वीकार गर्न सक्दैनौँ । देशको स्वाभिमानमा आँच पुगोस्, जसले नेपालको आन्तरिक मामिलामा अरूले हस्तक्षेप गर्ने ढोको खोलोस्, छिमेकीलाई सशङ्कित बनाओस्, अरूको सैन्य गठबन्धनमा बाँध्ने स्थिति बनोस्”, उनले भने, “ हामी स्वतन्त्र ढङ्गले बाँच्न चाहन्छौँ ।” उनले निःसर्त, सैन्य र सुरक्षाका कुरासँग नजोडिने विषयमात्रै स्वीकार्य हुनेसमेत बताए । अध्यक्ष नेपालले सङ्घीयता, गणतन्त्रबाट पछि हट्न नसकिनेसमेत बताए । बरु संविधान तथा सङ्घीयतालाई आवश्यकताअनुसार संशोधन गर्न सकिने र अहिलेको निर्वाचन प्रणालीलाई पनि सुधार गर्नुपर्ने अध्यक्ष नेपालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेक्वान्दो प्रशिक्षक अधिकारीलाई आउटस्टयान्डिङ सम्मान
-
धरहरा परिसरमा व्यावसायिक भिडियो छायाङ्कन गर्न प्रतिघण्टा ५ हजार
-
कमजोर कम्पनीको महँगो सेयर मूल्य !
-
केराखेतीबाट वार्षिक १० लाख आम्दानी
-
जाडो सुरु भएसँगै बढ्यो न्यानो कपडाको व्यापार (फोटो फिचर)
-
चिनियाँ दूतावासद्वारा ‘छत्रपाटी निःशुल्क चिकित्सालय’लाई विद्युतीय सवारी हस्तान्तरण