पत्रकारलाई सुत्केरीभत्ता र उपचार खर्च
प्रेस सेन्टर मकवानपुरले जिल्लाका अग्रज पत्रकारहरूलाई औषधी खर्च र महिला पत्रकारहरूलाई सुत्केरी भएको अवस्थामा सुत्केरी भत्ता प्रदान गर्ने निर्णय गरेको छ । संगठनको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रेस सेन्टर मकवानपुरले सुत्केरी महिला पत्रकारलाई भत्ता प्रदान गर्न र ज्येष्ठ पत्रकारलाई स्वास्थ्य उपचार खर्च प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरेको जनाएको छ । संगठनकी जिल्ला अध्यक्ष अञ्जली थापाले एउटा कालखण्ड नै समाजको निम्ति व्यतीत गरिसकेको भए पनि पेन्सन र अन्य उपदान नहुने कारण आर्थिक समस्या झेल्नुपर्ने भएकोले प्रेस संगठन मकवानपुरले अग्रज पत्रकारहरूको उपचार खर्च प्रदान गर्ने निर्णय गरेको बताउनुभयो । यसैगरी सुत्केरी अवस्थामा काम गर्न नसक्ने र आर्थिक समस्या पर्ने भन्दै संगठनले सुत्केरी भत्ता दिने निर्णय गरेको अध्यक्ष थापाको भनाई छ ।
प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न बैठकमा प्रेस सेन्टर वाग्मती प्रदेश अध्यक्ष यदु गौतम, पत्रकार महासंघ केन्द्रीय सदस्य सुनिल खड्का, पत्रकार महासंघ वाग्मती महासचिव कृष्णसारु मगर लगाउएतको उपस्थिती रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ