प्रहरी र सर्वसाधारणमाथि हतियार प्रहार गरेको आरोपमा युवक पक्राउ
शनिबार, १० पुस २०७८, १७ : ४३
प्रहरी र अर्को एक सर्वसाधारणलाई धारिलो हतियार प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली लिखु घर भई हाल जरङ्खु बस्ने वर्ष २९ को शनि तामाङ रहेका छन् ।
काठमाडौँ तारकेश्वर नगरपालिका–८ शेषमतीस्थित लामवजार नजिक सामान्य विषयमा विवाद हुँदा उनले सोही ठाउँका २९ वर्षीय सुवास तामाङलाई धारिलो हतियार खुकुरीले टाउको र घाँटीको पछाडिबाट हिर्काइ घाइते बनाएका थिए । त्यसपछि सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजु मातहत प्रभाग धर्मस्थलीमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । सोही क्रममा उनले प्रहरी माथि नै आक्रमण गरेका महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । दुवै घाइतेको ट्रमा सेन्टरमा उपचार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानको दुई उमेर समूहको महिला फुटबल टोली नेपालमा
-
अश्विनको संन्यासबारे कोहलीको भावुक पोस्ट
-
किन असफल भयो टीआरसी सिफारिस समिति ? अब के हुन्छ ?
-
सुनको गहनामा जर्तीको नाममा रकम असुल्ने कार्य बन्द गर्न आग्रह
-
वरिष्ठ जनरलको हत्या मामिलामा रुसमा उज्वेकिस्तानी नागरिक पक्राउ
-
कुलमान भन्छन्– प्राविधिक समस्याका कारण उद्योगहरूमा विद्युत् कटौती गर्नुपरेको हो, लोडसेडिङ हुँदैन