शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन: मधेसबाट पदाधिकारीमा दाबी

शनिबार, १० पुस २०७८, १६ : ३३
शनिबार, १० पुस २०७८

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन भोलिदेखि सुरु हुँदैछ । प्रदेशबाट प्रतिनिधिहरू काठमाडौँ आउने क्रम सुरु भएको छ । माओवादी केन्द्रको केन्द्रीय कमिटीमा पुग्न आ-आफ्नो प्रयास जारी राखेका छन् । माओवादीका लागि मधेस शक्तिको दोस्रो ठूलो केन्द्र हो । त्यसैले मधेसबाट माओवादी केन्द्रको केन्द्रीय समितिमा प्रतिनिधित्व चाहने आकांक्षी बढी छन् ।

हालसम्म माओवादी केन्द्रको पदाधिकारीमा कोही पनि मधेसी पुग्न सकेका छैनन् । प्रदेश २ बाट गिरिराजमणि पोखरेल सचिवसम्म भए तर मधेसी अनुहार भएका कोही पनि मधेसी पदाधिकारीमा जान सकेनन् । यसपटक भने माओवादीमा रहेका मधेसका शीर्ष नेताहरूले उपाध्यक्षदेखि सचिवसम्मको अपेक्षा गरेका छन् । 

यस दौडमा हालसम्म मातृका यादव, रामेश्वर राय यादव, महेन्द्र पासवान, गणेश साह, गिरीराज मणि पोखरेल, विश्वनाथ साहलगायतका छन् । स्रोतका अनुसार मातृका यादव यसपटक उपाध्यक्षका दाबेदार हुन् भने अन्यले सचिवको दाबी गरिरहेका छन् । समावेशी एवं समानुपातिक हिसाबले यसपटक माओवादी केन्द्रमा मधेसीलाई प्रतिनिधित्व गराउनुपर्ने नेताहरूको माग रहेको छ । 

प्रदेश २ को प्रदेशसभामा आठ जना प्रदेशसभा सदस्य रहेका छन् भने प्रतिनिधिसभामा त्यहाँबाट मातृका यादव, सुरेशचन्द्र दास यादव, रामेश्वर राय यादव, बोधमाया यादव, इन्दु शर्मा, गिरिराजमणि पोखरेल र दिलकुमारी साह गरी सात जनाले प्रतिनिधित्व गरिरहेका छन् । प्रभु साह माओवादी केन्द्र छाडेर एमालेमा गइसकेका छन् । प्रदेश २ बाट १२६ जना केन्द्रीय प्रतिनिधि रहने भए पनि त्यहाँ प्रदेश अधिवेशन नै हुन सकेको छैन । राष्ट्रिय सम्मेलनपछि प्रदेश २ को सम्मेलन टुङ्ग्याउने भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप