बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

शितलहरमा दलित विपन्नलाई पुवारको भर

शनिबार, १० पुस २०७८, १६ : १८
शनिबार, १० पुस २०७८

एक सातायता तराईमा बढेको शितलहरबाट जोगिन यहाँका दलित र विपन्न परिवार पुवार (परालको माथिल्लो भाग)को भर पर्दै आएका छन्। डस्ना र सिरक किन्ने हैसियत नभएका परिवार जाडो छल्न पुवारको ओछयान बनाएर सुत्दै आएका छन् । 

विष्णुर गाउँपालिका–६ की ६० वर्षीया किसनीदेवी सदाका अनुसार सिंगो बस्ती नै जाडोबाट जोगिन यस्तै गरिरहेको छ । उनले भनिन्, ‘ओढ्ने जे जे ओढे पनि ओछ्यान भने पुवार नै प्रयोग भइरहेको छ ।’ 

स्थानीय ५० वर्षीय कारो सदा पनि जाडो महिनाभर यसरी नै बित्ने गरेको बताउँछिन् । ‘हामी जस्ता दलित विपन्नलाई जाडो छल्न कहिलेकाही संघसंस्थाहरूले ओढ्ने  वितरण गरेर सहयोग गरे पनि ओछ्याउने कसैले दिँदैनन् । केटाकेटीदेखि बुढाबुढी सबै यसरी नै सुत्छौं ।’ 

बिहानदेखि बेलुकासम्म चिसो हावा चल्ने, मुटु काम्ने जाडोबाट जोगिन पुस्तौं पुस्तादेखि पुवार प्रयोग गर्दै आएको सोही वडाका वडा अध्यक्ष बहादुर सदाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप