शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपाल र बाबुराम भट्टराईसँग पार्टी एकता गर्नेबारे छलफल भैरहेको छ : प्रचण्ड

शनिबार, १० पुस २०७८, १६ : ००
शनिबार, १० पुस २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल र बाबुराम भट्टराई नेतृत्वको पार्टीसँग पार्टी एकता र चुनावी मोर्चा बनाउने विषयमा छलफल भैरहेको बताएका छन् । 

पार्टीको राष्ट्रिय सम्मेलनबारे जानकारी दिन शनिबार ललितपुरको हिमालय होटलमा आयोजित सम्पादकहरूसँगको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

माधव नेपाल र बाबुराम भट्टराईसँग गठबन्धमा सँगै रहेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘ माधव नेपाल र बाबुरामजीहरुसँग गठबन्धनमा सँगै छौं, भोलि चुनावी मोर्चा वा पार्टी एक बनाउने बारे पनि छलफलहरु चलिरहेका छन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप