बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

पाँच महिनामा १४ करोडको चिज आयात

शनिबार, १० पुस २०७८, १५ : ०९
शनिबार, १० पुस २०७८

चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको अवधिमा १४ करोड २४ लाख रुपैयाँको चिज भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि मंसिरसम्मको आयात/निर्यात तथ्यांकले यस्तो देखाएको हो ।

यस अवधिमा २ लाख १५ हजार किलो चिज भित्रिँदा राज्यलाई ४ करोड २६ लाख रुपैयाँ राजश्व संकलन भएको छ । नेपालले विदेशबाट ठूलो मात्रामा डेरीजन्य वस्तुको आयात गर्दै आएको विभागले जानकारी दिएको छ ।
यहि अवधिमा २ करोड ४२ लाख रुपैयाँ बराबरको ३६ हजार किलो बटर समेत भित्रिएको छ । यसमार्फत राज्यले १ करोड ४१ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप