एप्पलले बेच्यो सर्वाधिक स्मार्टफोन, दोस्रोमा शाओमी
शनिबार, १० पुस २०७८, १४ : ४२
२०२१ को तेस्रो त्रैमासमा एप्पलले सर्वाधिक बढी फाइभ–जी स्मार्टफोन बिक्री गरेको छ । स्ट्राटेजिक एनालाइटिक्सको रिपोर्ट अनुसार एप्पल नम्बर वान भएको हो । यो अवधिमा एप्पलले आइफोन–१३ सिरिजका अलावा आइफोन–१२ को राम्रो बिक्री गरेको छ ।
दोस्रो स्थानमा शाओमी र तेस्रो स्थानमा सामसङ परेका छन् । सर्वाधिक बढी फाइभ–जी बिक्री गर्नेमा ओपो चौथो स्थानमा परेको छ । रिपोर्टकाअनुसार शाओमीको भूमिका सबैभन्दा बढी छ ।
युरोपेली बजारमा भने सामसङ नै पहिलो नम्बरमा आएको छ । ओपोले चिनियाँ बजारमा शानदार प्रदर्शन गरेको छ । तेस्रो त्रैमासमा सामसङ ग्यालेक्सी जेट फ्लिप–३, ग्यालेक्सी एस २१ अल्ट्रा र ग्यालेक्सी ए सिरिज फोन सामसङले बिक्री गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
-
अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु