प्राधिकरणको सहायक कम्पनीलाई विद्युत व्यापारको अनुमति
सरकारले नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीलाई विद्युत व्यापारको अनुमति दिएको छ । उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले ‘नेपाल पावर ट्रेडिङ कम्पनी’लाई व्यापारको अनुमति दिएको हो ।
उर्जामन्त्री पम्फा भुसालले प्राधिकरणको सहायक कम्पनीले विद्युत व्यापारको अनुमति पाएको जानकारी दिइन् । यसैगरी, उनले चाँडै निजी क्षेत्रको कम्पनीलाई पनि विद्युत व्यापारको जिम्मेवारी दिने बताइन् । हालसम्म नेपालमा निजी क्षेत्रलाई विद्युत व्यापारको जिम्मेवारी दिने व्यवस्था नै छैन ।
यसअघि, निजी क्षेत्रलाई बिजुली व्यापारको जिम्मेवारी नदिने पक्षमा रहेको सरकार बिजुली खेर जान थालेपछि भने सकरात्मक बन्न थालेको छ । निजी क्षेत्रलाई विद्युत व्यापारको लाइसेन्स दिनकै लागि नयाँ व्यवस्थाको तयारीमा समेत उर्जा मन्त्रालय लागेको छ ।
विद्युत व्यापारको अनुमति पाएको कम्पनी प्राधिकरणले २०७३ सालमा दर्ता गरेको थियो । यो कम्पनीमा प्राधिकरणको ५१ प्रतिशत सेयर लगानी छ । यसैगरी, विद्युत उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी को समान १७÷१७ प्रतिशत सेयर लगानी छ । यसबाहेक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको समेत १५ प्रतिशत सेयर लगानी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजीनामा दिने सोचमा पुगेकै हुन् त क्यानडाका प्रधानमन्त्री ?
-
काठमाडौँमा जुवा खेलिरहेका १७ जना पक्राउ
-
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
-
सुरुङमार्गको ब्याजदर बढाउन जापानको प्रस्ताव
-
उपनिर्वाचनमा माओवादीको अस्वाभाविक मत वृद्धि : प्रचण्डको उत्साह कति स्वाभाविक ?
-
नेपाल प्रिमियर लिग : जो बलिङ र ब्याटिङमा चम्किए