मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

महामन्त्रीमा विश्वप्रकाशको भन्दा गगनको वरियता अगाडि

शनिबार, १० पुस २०७८, १४ : २७
शनिबार, १० पुस २०७८

नेपाली काँग्रेस महामन्त्रीको वरियतामा गगन थापा अगाडि भएका छन् । १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित  विश्वप्रकाश शर्माभन्दा थापाको वरियता अगाडि राखिएको हो । सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ पछिको वरियता थापा निर्धारण गरिएको हो।

१२ र १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य  बनेका थिए भने शर्मा १३ औं महाधिवेशन मात्र केन्द्रीय सदस्य भएका थिए । नेपाल विद्यार्थी संघमा शर्मा अध्यक्ष रहेको समितिमा थापा उपाध्यक्ष थिए । शर्मा नेविसंघको राजनीतिमा सिनियर भएपनि पार्टी राजनीतिमा थापा आगाडि प्रवेश गरेका थिए । महामन्त्रीको वरियतामा पार्टी राजनीति प्रवेशलाई आधार बनाएको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप