बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

१५ मिनेटमै सकियो महाधिवेशनपछिको पहिलो काँग्रेस केन्द्रीय समिति बैठक

शनिबार, १० पुस २०७८, १४ : ११
शनिबार, १० पुस २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशनपछिको पहिलो केन्द्रीय समितिको बैठक सकिएको छ । पार्टी कार्यालय सानेपामा शनिबार पौने २ बजे सुरु भएको बैठक १५ मिनेटमै सकिएको हो ।

बैठकमा सभापति देउवाले नवनिर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई बधाई र शुभकामना दिँदै पहिलो बैठकका सन्दर्भमा धारणा राखेका थिए ।  उनले भने, ‘आज क्रिसमस डे हो, सार्वजनिक विदाको दिन तर हामीले बैठक राख्नै पर्ने भो । राष्ट्रियसभा चुनावका लागि १० गतेभित्रै दल दर्ता गरिसक्नुपर्ने थियो, आज हामीले बैठक राखेर भोलि पार्टीको दल दर्ताका लागि निवेदन दिन्छौ ।’

संवैधानिक व्यवस्थाअनुसार साढे ५ वर्षभित्र महाधिवेशनबाट नयाँ कार्यसमिति आएकोबारे निर्वाचन समितिमा बुझाउने नियम छ । सोही नियमअनुसार आज केन्द्रीय कमिटी बैठक राखेर भोलि केन्द्रीय कार्यसमिति र ७ वटै प्रदेश कार्यसमितिको सूची निर्वाचन समितिमा बुझाइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप