एमसीसीबारे प्रचण्ड : अनुदानमा आएको रकम फिर्ता होस् भन्ने चाहँदैनौ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी आवश्यक संशोधन र परिमार्जन गरेर मात्रै स्वीकार गर्न सकिने बताएका छन् । शनिबार काठमाडौमा आयोजित एक कार्यक्रम अध्यक्ष प्रचण्डले नेपालको राष्ट्रिय हित र नेपाली जनताको भावनालाई समेत केन्द्रविन्दुमा राखेर र प्रोजेक्टभित्रको सुरुवातको सम्झौता र पछिका कयौं सम्झौताबाट उठेका प्रश्नहरुको जवाफ दिएर मात्रै अघि बढाउन सकिने बताएका हुन् ।
‘अवश्यक परिमार्जन र संशोधन गरेर हामी अगाडि बढाउने पक्षमा छौ । विना परिमार्जन, विना संशोधनचाहिँ यो जाँदैन’, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डको भनाइ छ । सोही कारण एमसीसीबारे गठबन्धनमा छलफल गरेको भन्दै प्रचण्डले भने, ‘प्रधानमन्त्री र मेरो बीचमा त धेरै पटक यो विषयमा कुरा भएको छ र मैले नै सर्वदलीय बैठक बस्न जरुरी छ । के कुरामा परिमार्जन र संशोधन गर्नुपर्ने हो भन्ने कुराको निर्क्योल गर्नुपर्छ भनेपछि गठबन्धनको मिटिङ बस्यो र कार्यदल बनाइएको छ ।’
उनले अनुदानमा आएको रकम फिर्ता होस् भन्ने आफुहरुले नचाहेको पनि बताए । ‘नेपाललाई आउने भनेको पैसा जाओस् भन्ने हाम्रो चाहना होइन । नेपाललाई पूर्वाधार विकासका लागि पैसा चाहिएको छ । तर त्यो भित्र बीचमा केपी ओली र अर्थ मन्त्रालयबाट जे जस्ता कामहरु गरिएको छ, र त्यसले प्रश्न जन्माउँदै लगेर नेपाली जनमानसमा गम्भीर खालको आशंकाको स्थिति छ, त्यसलाई सम्बोधन नगरी क्लियर नगरी जानु भनेको अमेरिका र नेपाललाई पनि फाइदा हुँदैन’ अध्यक्ष प्रचण्डको भनाइ छ ।
उनले उठेका प्रश्नहरूबारे प्रस्ट नभई एमसीसी अघि बढाउँदा राजनीतिक प्रक्रियालाई पनि फाइदा नपुग्ने भएकाले कार्य दलको रिपोर्टका आधारमा अघि बढ्ने बताए । उनले अमेरिकनहरूसँग समेत लगातार छलफल हुने गरेको र त्यसका लागि समय लाग्नसक्छ तर त्यो समयका लागि दबाब नहोस् भनेको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक