बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वी हिरण्य माविद्वारा व्यवसायी ढकाल सम्मानित

शनिबार, १० पुस २०७८, १३ : ४१
शनिबार, १० पुस २०७८

बागलुङ नगरपालिका–१२ अमलाचौरमा अवस्थित पृथ्वी हिरण्य माध्यमिक विद्यालयले नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गरेको छ । विद्यालयको भौतिक विकासमा सहयोग पुर्याएको भन्दै ढकाललाई सम्मान गरिएको हो । 

अमलाचौर निवासी ढकालले उनका स्वर्गीय पिता हिरण्यप्रसाद ढकालको स्मृतिमा करिब ६ करोड खर्चेर विद्यालय भवन निर्माणका साथै अन्य भौतिक संरचनाको विकासमा सहयोग पुर्याएका थिए । ढकालको निजी लगानीमा सुविधा सम्पन्न सो भवन निर्माणपछि यस विद्यालयका पूर्व विद्यार्थीहरुको सक्रियतामा रकम सङकलन गरेर विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण गरी हाल सञ्चालनमा छ ।

कार्यक्रममा उपाध्यक्ष ढकालले विद्यालयको विकासका लागि  आवश्यक सहयोग उपलब्ध गराउने बताए । वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुदत्त पाठकले आफ्ना घरदैलोमा रहेको सामुदायिक विद्यालय सुधार गर्न सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप