साताको नेप्से- सूचक १४३ अंकले बढ्यो, कारोबार रकम पनि सुधारियो

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४३ अंकले बढेर बन्द भएको छ । साताको चार कारोबार दिनमा नेप्से परिसूचक ६ प्रतिशतभन्दा बढीले बढेर बन्द भएको हो । यही साता उद्यौली/उभौली पर्व परेकाले एक दिन नेप्से बन्द थियो ।
गत साताको बिहीबार २३ सय ७६ अंकमा बन्द भएको थियो । जुन, यो सातामा आएको उत्साहजनक बृद्धिसँगै २५ सय २० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । चार कारोबार दिनमध्ये तीन कारोबार दिन परिसूचक उकालो लागेपछि ठूलो सुधार आएको हो ।
अर्थ मन्त्रालयले स्थानीय तहमा जाने कूल बजेटको ८० प्रतिशत बजेटलाई बैंकिङ प्रणालीमा तरलताका रुपमा गणना गर्ने निर्णय लिएको थियो । यस्तै, केन्द्रीय बैंकले बढ्दो आयात रोक्दै मुद्रा विदेशिनबाट रोक्न आयात कडाइको नीति लिएको थियो । यही दुई कारणले बैंकमा तरलता बढ्ने अनुमानसहित लगानीकर्ताले बजारमा लगानी बढाएपछि सूचक माथि उक्लिएको हो ।
यो सातामा कारोबार रकम पनि सुधारिएको छ । साताको चार दिनमा १३ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएको छ । यो दैनिक औसत साढे तीन अर्ब हाराहारीको कारोबार हो । गत साताको पाँच दिनमा दैनिक औसतमा ३ अर्ब २० करोडको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन शिक्षकहरूले वार्ताका लागि खोजेका आधारहरू
-
ऐतिहासिक किल्ला जोगाउन नेपाली सेनाले थाल्यो ११ दिने लामो पदयात्रा
-
सरकार र शिक्षकहरूबिचको छलफल सकियो
-
एमालेको पथरी शनिश्चरेमा नयाँ नेतृत्व चयन
-
वाणिज्य विभागको अनुगमन जारी, २० वटा उद्योगहरूको कारोबार रोक्का
-
आजपाको केन्द्रीय कमिटी विघटन, प्रभु साहको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी गठन