शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

इन्टरनेट सेवा प्रदायकले तिरेनन् पोल भाडा, लाइन काट्ने तयारीमा प्राधिकरण

शनिबार, १० पुस २०७८, १२ : ३४
शनिबार, १० पुस २०७८

इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले पोल भाडा नतिरेपछि नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काट्ने चेतावनी दिएको छ । प्राधिकरणले वर्ल्ड लिंक र क्लासिक टेकले यथाशीघ्र पोल भाडा नतिरे लाइन काट्ने चेतावनी दिएको हो ।

वर्ल्ड लिंकले पोल भाडाबापत प्राधिकरणलाई ६१ लाख ७४ हजार रूपैयाँभन्दा बढी रकम तिर्न बाँकी छ । यस्तै, क्लासिक टेकले पोलभाडा बापत ३१ लाख १६ हजार रुपैयाँभन्दा बढी तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

यथाशीघ्र रुपमा प्राधिकरणको धरौटी खातामा भाडा बुझ्नुपर्ने र नबुझाएमा दुवै कम्पनीको कार्यालयमा जडित मीटरको लाइन काटेर असुली प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप