बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

अर्घाखाँची र कपिलवस्तुलाई पायक हुने गरी यातायात व्यवस्था कार्यालय राख्न माग

शनिबार, १० पुस २०७८, ११ : ५६
शनिबार, १० पुस २०७८

अर्घाखाँची र कपिलवस्तुलाई लक्षित गरी स्थापना गर्न लागिएको यातायात व्यवस्था कार्यालयलाई पायक पर्ने स्थानमा राख्न माग गरिएको छ । लुम्बिनी प्रदेश सरकारले कपिलवस्तुमा स्थापना गर्न लागेको यातायात व्यवस्था कार्यालयलाई सेवाग्राहीलाई सहज गराउने गरी स्थान तोक्न श्रम, रोजगार, यातायात व्यवस्था मन्त्री पुर्मती ढेगा मगरसँग अनुरोध गरिएको हो ।

बुद्धभूमि नगरपालिकाले प्रदेश सरकारलाई कार्यालय राख्ने स्थानको विषयमा पुनर्विचार गर्न आग्रह गरेको छ । नगरप्रमुख केशवकुमार श्रेष्ठले दुवै जिल्लाको साझा स्थल बुद्धभूमि २ गोरुसिङ्गे रहेको बताएका छन् । श्रम, रोजगार, यातायात व्यवस्थामन्त्री मगरले प्रदेश सरकारले सबैको पायक पर्ने गरी कार्यालय स्थापना गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । प्रदेश सरकारले सबै क्षेत्रको भावना समेट्ने भएकोले जग्गा व्यवस्थापन र जनप्रतिनिधिको समन्वयमा कार्यालय राख्न सकिने बताइन् ।

कार्यक्रममा मन्त्रालयका सचिव दीपकराज नेपालले यातायात व्यवस्था सेवा कार्यालय स्थापनाको लागि कपिलवस्तु नगरपालिकामा निर्णय भएको बताए । कार्यालय राख्नको लागि कपिलवस्तु नगरपालिकाबाट पटक पटक डेलिकेशन समेत आएको बताइएको छ ।

सेवा कार्यालयबाट सवारी दर्ता बुक नवीकरण (ब्लु बुक), सवारी अनुमतिपत्र नवीकरण, भाडाको सवारी साधनको जाँच पास, रुट परमिट नवीकरण र अस्थायी इजाजत पत्र (पटके) को काम हुने बताइएको छ । प्रदेश सरकारले अर्घाखाँची र कपिलवस्तुका सेवा ग्राहीलाई सेवा दिनका लागि कपिलवस्तुमा कार्यालय राख्ने निर्णय गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप