शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मोरङका उद्योगीले भेटे श्रीलंकाका राजदूत, व्यवसायिक सहकार्यमा जोड

शनिबार, १० पुस २०७८, ११ : ४५
शनिबार, १० पुस २०७८

पूर्वका उद्योगी/व्यवसायीले नेपालका लागि श्रीलंकाका राजदूतसँग भेटघाट गरेका छन् । उद्योग संगठन मोरङको टोलीले श्रीलंकाका राजदूत हिमाली अरुयातिलकासँग भेटघाट गरेका हुन् । राजदूतसँग द्धिपक्षीय व्यवसायिक तथा व्यापारिक सम्बन्ध, उद्योग व्यवसायको प्रवद्र्धन र विकास लगायतका विषयमा छलफल भएको बताइएको छ ।

भेटमा संगठनका अध्यक्ष प्याकुरेलले श्रीलंका र नेपालबीच पर्यटनको सम्भावना बढेको बताए । उनले नेपाल–श्रीलंकाबीच सिधा हवाई उडान सुरु भइसकेकाले पर्यटन प्रवद्र्धनको सम्भावना रहेको बताए ।

नेपाल र श्रीलंका चिया, गार्मेन्ट्स क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न सक्ने व्यवसायीको भनाई थियो । भेटमा श्रीलंकाका राजदूत हिमालीले दुई देशबीचको व्यावसायिक सम्बन्ध थप विस्तार गरेर लग्न श्रीलंका सरकार तयार रहेको जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप