शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

तेलुगू फिल्ममा आँचल

शनिबार, १० पुस २०७८, ११ : ४०
शनिबार, १० पुस २०७८

अभिनेत्री आँचल शर्मा अब दक्षिण भारतीय (साउथ) फिल्ममा पनि देखिने भएकी छन । उनी तेलुगू फिल्म ‘हिटम्यान’ मा उनी देखिने भएकी हुन् । ‘हिटम्यान’ मा आफ्नो अभिनय रहेको आँचलले सामाजिक सञ्जालमार्फत बाहिर ल्याएकी हुन् ।

केही दिन अगाडि सो फिल्मको पोखरा र काठमाडौमा पनि १५ दिनसम्म छायाङ्कन भएको थियो । फिल्ममा आँचलको मुख्य भूमिका छ । फिल्ममा उनको अपोजिटमा नेपाली मुलका तेलुगू कलाकार विष्णु अधिकारी छन् । विष्णुले नै निर्देशन गरेको फिल्मको १० प्रतिशत मात्र छायाङ्कन बाँकी रहेको र त्यो भारतको हैदरावादमा हुनेछ । नेपाल र भारत दुवै देशमा रिलिज हुने बताइएको फिल्मको कथा नै नेपाल र भारतसँग जोडिएको छ । 

फिल्ममा नेपालको पार्टमा विष्णुको जोडीको रुपमा आँचल देखिनेछिन् भने भारतको पार्टमा अदिती शर्मा छिन् । हैदरावादमा हुने फिल्मको प्रिमियरमा आफू पनि सहभागी हुने आँचलले बताएकी छन् । फिल्म आउँदो मार्चमा रिलिज हुनेछ । यस अगाडि साउथ फिल्ममा अभिनेत्री स्वस्तिमाले पनि अभिनय गरेकी थिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप