शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

रुसको शक्ति प्रदर्शन, आवाज भन्दा ९ गुणा तीव्र गतिको मिसाइलको परीक्षण

शनिबार, १० पुस २०७८, ११ : २५
शनिबार, १० पुस २०७८

रुसले हालै मात्र आवाज भन्दा ९ गुणा तीव्र गतिमा प्रहार गर्न सकिने मिसाइलको परीक्षण गरेको छ । यो मिसाइललाई जिरकन नाम दिइएको छ । युक्रेनसँगको तनावका बीच रुसले पुनः एकपटक शक्ति प्रदर्शन गरेको हो ।

राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार देशको रक्षा बलले जिरकन हाइपरसोनिक मिसाइल प्रणालीको परीक्षण गरेको बताएका हुन् । ‘यो हाम्रो नवीनतम मिसाइल हो, जसलाई जमिन वा जल क्षेत्र दुवैमा मार हान्न सकिन्छ ।’

प्रक्षेपणको उद्देश्य रुसको सुरक्षा र रक्षा क्षमता दुवैलाई बढाउनु भएको रुसी राष्ट्रपतिले बताएका छन् ।  पुटिनका अनुसार परीक्षण बिल्कूल सफल  र त्रुटिहिन रहेको छ । यसको लक्षित मार हान्ने दुरी १००० किलोमिटरसम्म रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप