शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

रुसको शक्ति प्रदर्शन : आवाजभन्दा ९ गुणा तीव्र गति भएको मिसाइल परिक्षण

शनिबार, १० पुस २०७८, १० : १७
शनिबार, १० पुस २०७८

रुसले हालै मात्र आवाज भन्दा ९ गुणा तीव्र गतीमा प्रहार गर्न सकिने मिसाइलको परीक्षण गरेको छ । यो मिसाइललाई जिरकन नाम दिइएको छ । युक्रेनसँगको तनावका बीच रुसले पुनः एक पटक शक्ति प्रदर्शन गरेको हो । राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार देशको रक्षा बलले जिरकन हाइपरसोनिक मिसाइल प्रणालीको परीक्षण गरेको बताएका हुन् । यो हाम्रो नवीनतम मिसाइल हो जसलाई जमिन वा जल क्षेत्र दुवैमा मार हान्न सकिन्छ ।

प्रक्षेपणको उद्देश्य रुसको सुरक्षा र रक्षा क्षमता दुवैलाई बढाएका रुसी राष्ट्रपतिले बताएका छन् ।  पुटिनका अनुसार परिक्षण बिलकुल सफल  र त्रुटिहिन रहेको छ । यसको लक्षित मार हान्ने दुरी १००० किलोमिटरसम्म रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप