बलिउड फिल्म निर्देशक सेतुमाधवनको निधन
शुक्रबार, ०९ पुस २०७८, २२ : ५०
भारतीय फिल्म निर्देशक केएस सेतुमाधवनको निधन भएको छ । ९० बर्षका निर्देशकको चेन्नईमा निधन भएको हो । उनी उमेर सम्बन्धी बिमारीबाट पिडित रहेका थिए । सेतुमाधवनको निधनले उनका फ्यान, सहकर्मी लगायतलाई दुखी बनाएको छ । अभिनेता कमल हासनले एक ट्वीट गर्दै सेतुमाधवनका निधन प्रति शोक ब्यक्त गरेका छन् ।
सेतुमाधवनले आफ्नो फिल्मी करियरमा मलयालम, तमिल, तेलुगु र हिन्दी फिल्मका निर्देशन गरेका छन् । फिल्मको योगदानका लागि उनलाई केरल सरकारले फिल्म क्षेत्रको सर्वाेच्च सम्मान ‘जेसी डैनियल पुरस्कार’ दिएको थियो । सेतुमाधवनको जन्म १९३१ मा केरलको उत्तरी पालक्कड जिल्लामा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शतप्रतिशत जित निकाल्दै भेनेजुएला कोपाको अन्तिम ८ मा, मेक्सिको बाहिरियो
-
खानीखोलाका कफी–कृषकलाई अनुदान
-
माग सम्बोधन नभए राजमार्ग ठप्प पार्ने क्रसर व्यवसायीको चेतावनी
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्रतिनिधिसभाको बैठक बस्दै, मन्त्रीहरूले जवाफ दिने कार्यसूची
-
कांग्रेसको पदाधिकारी बैठक बस्दै